सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

अष्ट्रेलियासँगको दोस्रो एकदिवसीय क्रिकेटमा पाकिस्तान विजयी

अष्ट्रेलियासँगको दोस्रो एकदिवसीय क्रिकेट पाकिस्तानले ६ विकेटले जितेको छ । लाहोरमा गएराति अष्ट्रेलियाले दिएको तीन सय ४९ रनको विशाल लक्ष्य पाकिस्तानले एक ओभर बाँकी छँदै मात्र चार विकेट गुमाएर भेटायो ।

Sana Kishan

पाकिस्तानले हिजो एकदिवसीयमा अहिलेसम्मकै धेरै रनको लक्ष्य पछ्याएर विजयी भएको कीर्तिमान समेत बनाएको छ । उसका लागि कप्तान बाबर आजम र ओपनर इमाम उल हकले शतक बनाए । फकर जमाम ६७ रनमा आउट भए । खुसदिल साहले १७ बलमा २७ रन बनाए ।

यसअघि पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले बेन म्याकडर्मटको शतक तथा ट्रेभिस हेडको ८९ रन मद्दतमा ६ विकेट गुमाएर तीन सय ४८ बनाएको थियो । बलिङतर्फ पाकिस्तानका शाहिन अफ्रिदीले चार विकेट लिए । पाकिस्तानको जितसँगै तीन खेलको श्रृङ्खला एक÷एकको बराबरीमा आएको छ । उज्यालो हनलाइन बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.