

करण केसीको ह्याट्रिकमा त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत पपुवा न्युगिनीसँग खेलिरहेको नेपालले लगातार तेस्रो जित निकालेको छ। नेपालले पीएनजीलाई ३७ रनले पराजित गरेको हो।
पपुवा न्युगिनी(पीएनजी)सँग टस हारेर ब्याटिङ्को निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २०३ रन जोडेको थियो।

नेपालले दिएको २०४ रनको लक्ष्य पछ्याउने क्रममा पीएनजी १९.४ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १६६ रनमा समेटिएको हो।


पीएनजीलाई १६६ रनमा रोक्नका लागि नेपालका करण केसीले ३.४ ओभर बलिङ् गर्दै ५ विकेट लिए। त्यस्तै अविनाश बोहरा र सोमपाल कामीले समान २÷२ विकेट लिए भने कप्तान सन्दिप लामिछानेले १ विकेट लिए।
सन्दीप लामिछानेपछि टी–२० अन्तराष्ट्रिय क्रिकेटमा ५० विकेट लिने करण पहिलो नेपाली खेलाडी बने ।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ६६ र मोहम्मद अदिल अलामले २० रन जोडे। यस्तै कुशल भुर्तेल १७ रन, रोहित पौडेल ४१ रन र आशिफ शेख ३८ रन जोडे।
योसँगै नेपाल सिरीजको फाइनलमा पुगेको छ। अन्नपूर्ण पोस्ट बाट सभार
