सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

पीएनजीसँगको खेलमा नेपाल ब्याटिङ गर्दै

त्रिदेशीय टी–ट्वेण्टी अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले आज पपुवा न्यूगिनी पीएनजीसँग खेल्दैछ । नेपालले पहिला ब्याटिङ गर्ने भएको छ । कीर्तिपुर मैदानमा पीएनजीले टस जितेर पहिले फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गर्ने भएको हो ।

Sana Kishan

नेपाल र पीएनजीले आज आफ्नो तेस्रो खेल खेल्न लागेका हुन् । आजको खेल नेपालको ५० औं टी–ट्वान्टी अन्तर्राष्ट्रिय खेल हो । नेपालले अहिलेसम्म खेलेका ४९ टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा २७ खेलमा जित निकालेको छ भने २१ खेलमा पराजित र एक खेल नतिजा विहीन भएको छ । आजको खेलमा अलराउण्डर आदील अन्सारीले डेब्यु गरेका छन् । कुशल मल्लको ठाउँमा आदीलले डेब्यु गरेका हुन् ।

यसअघि हिजो भएको दोस्रो खेलमा नेपालले मलेसियालाई ६ विकेटले र सोमबार भएको पहिलो खेलमा पीएनजीलाई १५ रनले हराएको थियो । लगातार दोस्रो जितसँगै नेपाल चार अंकसहित तालिकाको शीर्ष स्थानमा रहेको छ र फाइनल प्रवेशको सम्भावना बलियो बनाएको छ । नेपालले चौथो खेल आउँदो शनिवार फेरि मलेसियासँग खेल्नेछ । अस्ति भएको खेलमा मलेसियाले पीएनजीलाई ८ रनले हराएको थियो । मलेसियाको दुई अंक रहेको छ । भोलि मलेसिया र पीएनजी खेल्नेछन् । उज्यालो अनलाइन बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.