सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

बल्ल आफ्नो गाउँ जाने सडक कालोपत्रे गर्दै प्रधानमन्त्री देउवा

266
Sana Kishan

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाको गाउँ जाने सडक कालोपत्रे बन्ने भएको छ। प्रधानमन्त्री देउवाको जन्मथलो गन्यापधुरा–१ अशिग्राम जाने भात्काडाँ–बडाल–रेल–उच्चाकोट सडकको स्तरोन्नती गरी कालोपत्रे गरिने भएको हो।

एक कार्यक्रमकाबीच गन्यापधुरा गाउपालिका अध्यक्ष नवलबहादुर मल्लले उक्त सडकको स्तरोन्नतिका लागि बुधबार कार्य शुभारम्भ गरेका छन्। करिब १४ करोडको टेण्डर कुलपाते सडक डिभिजन कार्यालयबाट खुलेको भएपनि घटाघटीमा जादा ९ करोड ६५ लाखमा ठेक्का सदर भएको निर्माणाधिन कम्पनी अनक जोशी मालिक जेभि कञ्चनपुरले जनाएको छ।

Arus

प्रधानमन्त्रीको गाउँ जाने सडक भएकाले सम्झौता अवधिमा नै ईष्टमेट अनुसारको काम सम्पन्न गर्ने कम्पनीले जनाएको छ। सम्झौता अवधि करिव १८ महिना रहेको छ।

Nepali Khaja
Karnali Traders

प्रधानमन्त्री देउवाको जन्मघर भात्काँडा बजारबाट करिब सात किलोमिटरको दुरीमा रहेको रुवाखोला गाउँमा पर्दछ। कच्चि सडक निर्माण भएको करिव २७ वर्षपछि अहिले प्रधानमन्त्री कै पहलमा उक्त सडक कालोपत्रे बन्न लागेको गन्यापधुरा गाउँपालिका अध्यक्ष मल्लले सडक उद्घाटनका क्रममा बताए।

स्थानीय सरकारको सिफारिस र पहलमा प्रधानमन्त्री देउवाले उक्त सडकका लागि पहल गरेका स्थानीय बताउछन्। २०५१ सालमा खाद्यान्नका लागि काम भन्ने संस्थाद्धारा सुरुवात गरिएको भात्काडा वडाल रेल सडक जिल्लाका अन्य मुख्य ग्र्रमिण सडक जस्तै पुरोनो सडक हो।

जिल्लाका उग्रतारा–मेलौली सडक, बागबजार–वगरकोट सडक, बुडर–जोगबुडा सडक, पोखरा–वेलापुर सडकसँगै भात्काडा–वडाल–रेल सडक पनि करिव २७ वर्ष आगाडी सुरुवात गरिएका थिए। अन्य सडकहरुको स्तरोन्नती भई केही किलोमिटर सडक कालोपत्रे गरिएको भएपनि भात्काँडा–वडाल–रेल सडक भने बुधवारमात्रै स्तारोन्नतीका लागि सुरुवात गरिएको छ। भने जिल्लाका आनारखोली–भुल्कुडा सडक, पुईलेक–मुद्राड हयिाली कृषि सडक र जिल्लाका अन्य सडकपनि चाडै स्तरोन्नती हुने प्रक्रियामा रहेको प्रधानमन्त्री कार्यालयका कर्मचारी श्यामप्रशाद ओझाले बताए। धनबहादुर भण्डारीले अन्नपूर्ण पोस्टमा लेखेका छन्।

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.