सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

अस्पताल भवन ठेक्का प्रकरणको छानबिन गर्नुपर्छ : विष्णु पौडेल

114
Sana Kishan

नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले लुम्बिनी प्रादेशिक अस्पतालको ठेक्का विवादमा मुछिएका व्यक्तिमाथि छानबिन गर्न माग गरेका छन् ।

प्रेस चौतारीले बुधबार बुटवलमा गरेको कार्यक्रममा पूर्व अर्थमन्त्री समेत रहेका पौडेलले गौरवको आयोजनाका रुपमा अघि बढेको अस्पताल भवन निर्माण ठेक्का रद्द गर्नुलाई एमालेले गम्भीर रुपमा लिएको भन्दै छानवीन गरेर दोषीमाथि कारवाही गर्न माग गरे ।

Arus
Karnali Traders

‘गौरवको आयोजनामा गिद्देदृष्टि लगाएर कमाउन र रोक्न खोजिएको छ, यसको निष्पक्ष छानबिन गरी दोषीले सजाय पाउनुपर्छ’, पौडेलले भने, ‘कर्मचारीलाई दोष दिएर सरकार उम्किन मिल्दैन, जवाफदेही हुनुपर्छ ।’

Nepali Khaja

फरक प्रसंगमा नेता पौडेलले सत्ता गठबन्धनबाट एमाले नतर्सिने बताए । ‘गठबन्धनको पटका पड्काएर एमाले डराउँदैन, कम्तीमा ६० प्रतिशतस्थानीय तहमा जित्छौं’– पौडेलले भने । उनले एमालेविरुद्ध मिडियालाई अनुचितरुपमा प्रयोग गरेको आरोप समेत लगाए । अनलाइनखबर बाट सभार

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.