सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

दलको विकल्प राजसंस्था होइन : कमल थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजनीतिक दलको विकल्प राजसंस्था नभएको बताएका छन् । मंगलबार पत्रकारहरूसँग कुराकानी गर्दै उनले राजनीतिक दलको विकल्प राजनीतिक दल नै हुने बताएका थिए ।

उनले भने, ’दलको विकल्पमा राजसंस्थालाई लिन सकिँदैन ।’ जनताले कहिले कुन पार्टीलाई ठूलो त कहिले कुनलाई ठूलो दल बनाउने गरेको भन्दै उनले राप्रपा नेपाल सक्रिय राजतन्त्रको पक्षमा नरहेको बताए । ’हामी सक्रिय राजतन्त्रको पक्षमा छैनौं ।’ तर हिन्दु राज्यको पक्षमा रहेको भन्दै उनले निर्मल निवासले चाहेजस्तो सहज अबको समय नरहेको पनि बताए ।

Sana Kishan

थापाले विगतमा आफूले राजसंस्थाका लागि गरेका कामप्रति कुनै पश्चाताप नभएको पनि बताए । उनले भने, ’अझै पनि राजसंस्थाप्रति आफ्नो उच्च सम्मान रहेको छ ।’ नेपाल एकीकरण, प्रजातन्त्र स्थापना र देश सुदृढीकरणमा राजसंस्थाको उच्च योगदान रहेको उनको भनाइ थियो ।

World Link Ads
Mahakali Polytechnic

आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा एमालेसँग सहकार्य हुनसक्ने सम्भावना रहेको पनि उनले बताएका छन् । राष्ट्रियतासँगको सवालमा आफूहरू एमालेसँग निकट रहेको भन्दै उनले भने, ’सम्भव भएसम्म एमालेसँग सहकार्य गरेर जाने प्रयास हुनेछ ।’ स्थानीय तहको चुनावबाट राप्रपा नेपालले खुट्टा टेक्ने अवस्थामा पार्टीलाई बलियो पार्ने उनले दाबी गरे ।

राजनीतिक दलहरुबीचमा गठबन्धन, सहकार्य संविधानले नै अपेक्षा गरेकाले चुनावी तालमेल हुनु स्वाभाविक रहेको उनको भनाइ थियो । ’चुनावमा जित्नका लागि तालमेल हुनु स्वाभाविक नै हो,’ उनले भने । ekantipur.com बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.