सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

आगामी चुनावमा प्रतिगमन परास्त हुन्छ : सभामुख अग्निप्रसाद सापकोटा

सभामुख अग्निप्रसाद सापकोटाले आगामी निर्वाचनबाट जनताले प्रतिगमन परास्त गर्ने बताएका छन्। सभामुखले आफ्नै गाउँ कुविण्डेस्थित सेतिदेवी पञ्चकन्या माविको अभिभावक भेलालाई सम्बोधन गर्दै प्रतिगमन भइनसकेकाले जनताको तागतले परास्त हुने बताएका हुन्।

Sana Kishan

उनले आगामी निर्वाचनबाट जनताले प्रतिगमन पूर्णतः परास्त गर्ने बताए। उनले केही समय अध्यापनसमेत गरेको विद्यालयको अभिभावक भेलामा सभामुख सापकोटाले माओवादी सशस्त्र युद्धका क्रममा मारिएका शहीदहरूको तस्वीरमा माल्यार्पण गरेका थिए।

माओवादी युद्धको उदगम थलोका रुपमा लिइने सिन्धुपाल्चोकको कुविण्डेलाई शहीदको गाउँको नामले पनि चिन्ने गरिन्छ। त्यसअघि सभामुख सापकोटा चौतारा साँगाचोकगढी–४ मा निर्मित तिप्लिङ पुलको उद्घाटनमा सहभागी भएका थिए। थाहा खबर बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.