सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

स्थानीय तह संविधानका अधिकारलाई जनताको घरदैलोमा पुर्‍याउँदै छन् : मन्त्री पम्फा भुसाल

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले संविधानमा उल्लेख भएका अधिकारलाई स्थानीय तहले जनताको घरदैलोमा पु¥याएर सेवा गर्दै आएको बताउनुभएको छ । ललितपुर महानगरपालिका २८ को वडा कार्यालय भवनको आज सोमवार उद्घाटन गर्दै उहाँले पहिलो पटक अधिकार सम्पन्न भएको जनताको नजिकको वडाले नयाँ अनुभव हासिल गर्दै जनसेवा गरेको आफूले अनुभूति गरेको बताउनुभयो ।

वडाध्यक्षले अहोरात्र खटेर वडामा बाटो विस्तार गर्नुका साथै अन्य भौतिक पूर्वाधारको विकास गरेको उल्लेख गर्दै मन्त्री भुसालले अन्य सहजीकरणका काममा पनि वडाले विशेष ध्यान दिएर सम्पन्न गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘कुनै पनि मतभेद नभइकन एकै मनोविज्ञानले वडामा विकासका काम भएका छन्, महिलाका निम्ति सीप, ज्येष्ठ नागरिकका लागि राहत वडाले उपलब्ध गराएको छ ।’ कोभिडको महासङ्कटमा आफ्नो ठाउँमा आइसोलेशन सेन्टर स्थापना गरेर जनतालाई सङ्क्रमणबाट जोगाउन वडा सफल भएको जनाउँदै उहाँले युवाका लागि खेलकुद तथा किसानका लागि राहत र रोजगारी सिर्जना गरेको स्मरण गर्नुभयो ।

Sana Kishan

हरिसिद्धिको कनिखेलमा रहेको वडा भवन नै यहाँका वडावासीका लागि सिंहदरबार भएको उल्लेख गर्दै मन्त्री भुसालले संविधानमा उल्लेख भएका अधिकार कार्यान्वयन गर्न वडा सक्रिय भएर लाग्ने विश्वास व्यक्त गर्नुभयो । आउँदा दिनमा वडाको आर्थिक तथा सामाजिक विकास गर्नु नै वडाको महत्त्वपूर्ण काम हुने उहाँको भनाइ थियो ।

World Link Ads
Mahakali Polytechnic

कार्यक्रममा प्रदेश सभा सदस्य राजकाजी महर्जन र वडाध्यक्ष राजेश महर्जनले आउँदा दिनमा जनताको निरन्तर सेवामा लाग्ने वाचा गर्दै आफूहरूले वडाको विकासका लागि निर्वाह गरेको भूमिकाबारे स्पष्ट पार्नुभयो । त्यस अवसरमा वडा भवन निर्माणमा महतपूर्ण योगदान गर्ने वडावासीलाई सम्मान गरिएको थियो । उज्यालो अनलाइन बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.