सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

पीएनजीलाई नेपालले १५ रनले हरायो

130
Sana Kishan

त्रिदेशीय टी–२० शृङ्खलाको पहिलो खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई १५ रनले हराएको छ ।

नेपालले दिएको एक सय ८४ रनको लक्ष्य पछ्याएको पीएनजी १९ ओभर २ बलमा एक सय ६८ रनमा अलआउट भयो । पीएनजीका नोरमान भानुआले सर्वाधिक ५२ रन बनाए । यस्ते सेसे बाउले ३०, चार्ल्स अमिनीले २२ र लेगा सिकाले २१ रन जोडे ।

Arus
Karnali Traders

बलिङतर्फ नेपालका सन्दीप लामिछाने र करण केसीले तीन÷तीन विकेट लिए । यस्तै अविनाश बोहराले दुई र सोमपाल कामीले एक विकेट लिए ।

Nepali Khaja

यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ८३ रन बनायो । नेपालका लागि आशिफ शेखले सर्वाधिक ४३ रन बनाए । यस्तै रोहित पौडेलले ३४, आरिफ शेखले ३१ र कुशल भुर्तेलले २० रन जोडे । बलिङतर्फ पीएनजीका एली नाओ, चाद सोपर र चार्ल्स अमिनीले २÷२ विकेट लिए ।

नेपाल, मलेसिया र पपुवा न्युगिनी (पीएनजी) सम्मिलित त्रिदेशीय टी–२० शृङ्खला आजदेखि सुरु भएको हो । नेपालले दोस्रो खेलमा पर्सि बुधवार मलेसियासँग र आउँदो बिहीवार पपुवा न्युगिनीसँग खेल्ने छ । उज्यालो अनलाइन बाट सभार

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.