सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

इन्डियन प्रिमियर लिग (आईपीएल)मा पन्जाब र दिल्लीको विजयी सुरुआत

इन्डियन प्रिमियर लिग (आईपीएल)मा पन्जाब किङ्स र दिल्ली क्यापिटल्सले विजयी सुरुआत गरेका छन् ।

आइतबार राति भएको खेलमा पन्जाबलले बैंलोरमाथि ५ विकेटको जित हात पा¥यो । बैंलोरले दिएको २०६ रनको लक्ष्य पन्जाबले १९ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको हो ।

पन्जाबका लागि शिखर धावन र भानुका राजापाकसाले ४३÷४३ रन बनाए । त्यस्तै कप्तान मयंक अग्रवालले ३२ रन,ओडेन स्मिथले २५, सारुख खानले २४ रनको योगदान गरे ।

World Link Ads
Mahakali Polytechnic

बैंग्लोरका मोहमद सिराजले दुई, आकाश दीप, वानिन्दु हर्शरंङ्गा र हर्शल पटेलले एक÷एक विकेट लिए ।

पहिले ब्याटिङ गरेको बैंलोरले पूरै २० ओभर खेल्दै २ विकेटको क्षतिमा २०५ रन बनाएको थियो ।

बैंग्लोरका कप्तान फाफ डू प्लेसिसले सर्वाधिक ८८ रनको योगदान गरे भने विराट कोहलीले ४१ रन बनाए । दिनेश कार्तिक ३२ र अनुज रावतले २१ को योगदान गरे ।

पन्जाबका लागि अर्शदीप सिंह र राहुल चहारले एक÷एक विकेट लिए ।

Sana Kishan

यस्तै यसअघि भएको खेलमा मुम्बई इन्डियन्सलाई पराजित गर्दै दिल्ली  क्यापिटल्सले विजयी सुरुआत गरेको छ । दिल्लीले ४ विकेटको जित हात पारेको हो ।

१७८ रनको लक्ष्य दिल्लीले १८ ओभर २ बलमा ६ विकेटको क्षतिमा पूरा गरेको हो ।

दिल्लीका लागि ललित यादवले अविजित ४८ रन, अक्षर पटेलले अविजित ३८ रन, पृथ्वी शले ३८ र शार्दुल ठाकुरले २२ रन जोडे ।

मुम्बईका बासिल थाम्पीले ३ र मुरुगान आश्विनले २ विकेट लिए।

पहिले ब्याटिङको निम्तो पाएको मुम्बईले २० ओभर खेल्दै ५ विकेट गुमाएर १७७ रन बनाएको थियो ।

मुम्बईका इशान किशनले अविजित ८१ रन बनाए । कप्तान रोहित शर्माले ४१, तिलक वर्माले २२ र टिम डाभिडले १२ रन बनाए ।

दिल्लीका कुलदिप यादवले ३ र खलिल अहमेदले २ विकेट लिए। अनलाइनखबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.