

शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले भूकम्पछि निर्मित एकीकृत बस्तीको योजना प्रभावकारी नभएको बताएकी छन्। उनले सरकारले एकीकृत बस्तीको योजना नीति तथा कार्यक्रममा राखेर अघि बढाए पनि प्रभावकारी नदेखिएको बताइन्।
शहरी विकास मन्त्रालयमा नेपाल पूर्वाधार पत्रकार समाजको कार्य समितिलाई बधाई दिँदै आइतबार मन्त्री झाँक्रीले भूकम्पछि सरकारले योजना बनाएर बस्ती निर्माण गरे पनि प्रयोगमा आउन नसकेको बताइन्।


उनले भनिन्, ‘सरकारले जुन लक्ष्य र उद्देश्यका साथ एकीकृत बस्ती निर्माण अघि बढाएको थियो, त्यो प्रभावकारी प्रयोग देखिएन।’ मन्त्रालयका कतिपय नीति तथा कार्यक्रममा समेत पुनर्विचार गर्ने गरी गृहकार्य गरिरहेको बताउँदै उनले एकीकृत बस्ती निर्माण गरिए पनि प्रभावकारी बन्न नसकेको बताइन्।

पूर्वाधार क्षेत्रमा रहेर कलम चलाउँदै आएका पत्रकारको संगठन बन्नु सुखद रहेको बताउँदै उनले पूर्वाधार क्षेत्र महत्वपूर्ण पक्ष रहेको भनिन्। नेपाल पूर्वाधार पत्रकार समाजका अध्यक्ष जीवन बस्नेतले पूर्वाधार क्षेत्रमा कलम चलाइहेका पत्रकारको विषयगत क्षमता अभिवृद्धिका लागि मन्त्रालयले सहयोग गर्ने अपेक्षा गरेको बताए। थाहा खबर बाट सभार
