सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

म्यादी प्रहरीमा सुदूरपश्चिमबाट मागभन्दा झण्डै तीन गुणा बढी आवेदन

168
Sana Kishan

आगामी स्थानीय तहको निर्वाचनको सुरक्षाका लागि सरकारले आव्हान गरेको म्यादी प्रहरीमा सुदूरपश्चिमबाट मागभन्दा झण्डै तीन गुणा बढी आवेदन परेको छ । नौ हजार ९३७ जना म्यादी प्रहरी माग भएकोमा २९ हजार ६८२ जनाले आवेदन दिएका सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

आवेदन दिनेमध्ये सात हजार ४६ महिला छन् । सुदूरपश्चिमका विभिन्न जिल्लाबाट दुई सय ६२ जना पूर्वसैनिक, दुई सय १५ पूर्वप्रहरी, ५५ जना पूर्वशसस्त्र प्रहरी र आठ जना पूर्ववन रक्षकले म्यादी प्रहरी बन्न आवेदन भरेका प्रदेश प्रहरी कार्यालयको सञ्चार शाखाका प्रहरी निरिक्षक उपेन्द्रबहादुर बिष्टले जानकारी दिए । सुरक्षा निकायको भर्नामा आवेदन भरेर स्वास्थ्य परिक्षणमा उत्तीर्ण भएका सात सय ५६ जनाले म्यादी प्रहरीमा दरखास्त दिएका छन् ।

Arus

२०७४ सालको निर्वाचनमा म्यादी प्रहरीमा भर्ना भइ काम गरेका एक हजार ८७१ जनाले पनि आवेदन दिएका प्रहरी निरिक्षक बिष्टले जानकारी दिए । प्रहरीको तथ्यांकअनुसार सबैभन्दा बढी कैलालीमा ११ हजार २२२ जनाले म्यादी प्रहरी बन्नका लागि जिल्ला प्रहरी कार्यालयमा आवेदन दिएका छन् । कैलालीमा दुई हजार ४५७ जना म्यादी प्रहरीको माग गरिएको छ ।

Nepali Khaja
Karnali Traders

यस्तै कञ्चनपुरमा एक हजार ४६९ जना म्यादी प्रहरी माग भएकोमा पाँच हजार ९३५ जनाको आवेदन परेको छ । डोटीमा एक हजार ३९५, अछाममा दुई हजार १४ र बाजुरामा एक हजार ६६७ जनाले म्यादी प्रहरीको फाराम भरेका प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । यी जिल्लामा क्रमशः आठ सय १०, एक हजार २३१ र छ सय ६८ जना म्यादी प्रहरी माग भएको छ ।

बझाङमा एक हजार ९३ जना म्यादी प्रहरी माग भएकोमा एक हजार ६५६ जना र बैतडीमा आठ सय १५ जना म्यादी प्रहरी माग भएकोमा दुई हजार २४ जनाले आवेदन दिएका छन् । यस्तै डडेल्धुरामा एक हजार ७७१ र दार्चुलामा एक हजार ९५८ जनाको आवेदन परेको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार डडेल्धुरामा छ सय ५२ र दार्चुलामा सात सय ४२ जना म्यादी प्रहरी भर्नाका लागि कोटा तोकिएको छ ।

म्यादी प्रहरीको आवेदन दिनेमा आर्थिक अवस्था कमजोर भएका तथा उच्च शिक्षा पास गरेका बेरोजगार युवायुवतीहरुको संख्या बढी छ ।आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सरकारले देशभरनै म्यादी प्रहरी भर्ना गर्न लागेको हो । गोदावरी न्युज बाट सभार

 

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.