सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

अब पोखरा विश्वसँग जोडिने छ : मन्त्री प्रेमबहादुर आले

89
Sana Kishan

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले अब पोखरालाई विश्वसँग जोड्ने बताउनुभएको छ । चीन सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नेपाललाई हस्तान्तरण गरेसँगै हिजो शनिवार विमानस्थल निर्माण कम्पनीलाई कदरपत्र प्रदान गर्दै उहाँले भन्नुभयो, ‘नेपाली पर्यटन क्षेत्रको गहना पोखरा विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्य हो, अब यो अन्तर्राष्ट्रिय पर्यटन बजारसँग सिधै जोडिएको छ, यो विमानस्थलले पोखरालाई विश्वमाझ पु¥याउने छ ।’

मन्त्री आलेले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि अब नेपालको पर्यटन प्रवद्र्धन गर्न तथा नेपालमा बढीभन्दा बढी पर्यटक भित्रयाउन थप टेवा पुग्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘पोखरा संसारका पर्यटकहरूको आकर्षणको केन्द्र हो । मलाई लाग्छ, आफ्नो व्यस्तताबाहेक नेपाल आएका पर्यटकहरू पोखरा नपुगी फर्किन मान्दैनन्, त्यसैले अब यो विमानस्थलले पोखरा आउन चाहने पर्यटकका लागि सजिलो बनाउने छ ।’

Arus

मन्त्री आलेले पोखरेली र पोखराका पर्यटन व्यवसायीलाई बधाई दिँदै पोखरामा अब ठूला होटल निर्माण गर्न र पर्यटन प्रवद्र्धनका प्याकेज कार्यक्रम ल्याउन पनि आग्रह गर्नुभयो । ठूला होटल तथा क्यासिनो खोल्नका लागि पर्यटन मन्त्रालयले आवश्यक सहयोग गर्नेसमेत उहाँले जानकारी दिनुभयो ।

Nepali Khaja
Karnali Traders

विभिन्न पूर्वाधार निर्माण गरी यहाँ आउने पर्यटकहरूलाई धेरै दिन बास बसाउन सक्ने कार्यक्रम ल्याउन मन्त्री आलेले पोखराका पर्यटन व्यवसायीहरूलाई आग्रह गर्नुभयो । पोखरामा थप पर्यटक भित्र्याउन त्यहाँ रहेको रत्नमन्दिर खुलाउनका लागि त्यहाँका नागरिकले आग्रह गरेकाले आफूले सम्बन्धित निकायमा खबर गरी त्यो मन्दिरको ढोका खोल्न भनेको र अब त्यो पनि खुल्ने जानकारी उहाँले दिनुभयो ।

यस्तै मन्त्री आलेले पोखराबाट अन्तर्राष्ट्रिय क्षेत्रमा उडान गर्दा टनकपुर हुँदै दिल्ली जाने र फर्किँदा त्यो रुट नेपालका हवाईजहाजले नपाउने भएकाले आफू भारतको हैदराबाद गएर त्यहाँका आफ्ना समकक्षी आदित्यनारायण सिन्धियासँग कुरा गरेको र उहाँ सकारात्मक रहेको जानकारी पनि दिनुभयो ।

मन्त्री आलेले सम्झिनुभयो स्व. रवीन्द्र अधिकारी

त्यही कार्यक्रममा मन्त्री आलेले पोखरा विमानस्थल निर्माणको जग बसाल्न लागिपरेको भन्दै तत्कालीन पर्यटनमन्त्री स्व. रवीन्द्र अधिकारीको पनि स्मरण गर्नुभयो । त्यो विमानस्थल निर्माण सम्पन्न हुनुमा पूर्वमन्त्री अधिकारीको ठूलो योगदान रहेको उहाँले बताउनुभयो । मन्त्री आलेले भन्नुभयो, ‘यो विमानस्थल निर्माण गर्न स्व. अधिकारीको सहयोग कहिल्यै बिर्सिन हुँदैन । विकासप्रेमी मेरा परममित्र रवीन्द्रजीको देनले हामीले यो विमानस्थल निर्माण सम्पन्न गराउन सफल भएका छौँ, उहाँलाई हामीले कहिले बिर्सिनु हुँदैन ।’ विमल बिष्टले उज्यालो अनलाइनमा लेखेका छन्।

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.