सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बाक्लो हिमपातका कारण अवरुद्ध भएका पहाडी राजमार्ग सुचारु भएनन्

बिहिबार देखिको बाक्लो हिमपातका कारण अवरुद्ध भएका भिमदत्त राजमार्ग तथा पहलमानसिंह स्वार राजमार्ग अझै पूर्ण रुपमा सञ्चालन हुन सकेको छैन ।

सन्चालन नहुँदा यात्रुलाई सास्ती भएको छ । भिमदत्त राजमार्गको साहुँखर्क, हगुल्टे, गैरा, घण्टेश्वरलगायतका ठाउँमा बाक्लो हिमपात भएकाले केही दिन सञ्चालन गराउन समस्या भएको प्रहरी चौकी गैराले जनाएको छ ।

Sana Kishan

यस्तै डोटीको सिलगढीदेखि अछामको साँफेबगर जोड्ने पहलमानसिंह स्वाँर राजमार्गको चौखुट्टेमा परेको हिउँ पन्छाइए पनि राजमार्गमा ठूलो ढुङ्गा खस्दा राजमार्ग सञ्चालन हुन नसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्र चन्दले जानकारी दिए । उनका अनुसार ढुङ्गा हटाउन डोजर मगाइएकाले ढुङ्गा हटाएपछि उक्त राजमार्ग सञ्चालनमा आउने छ ।

World Link Ads
Mahakali Polytechnic

राजमार्ग सञ्चालनका लागि सडक विभागको डोजर, सेना, प्रहरी तथा स्थानीयवासीले प्रयास गरी रहे पनि हिउँ पन्छाउन नसकिएको सडक डिभिजन कार्यालय कुल्पाते दिपायलले जनाएको छ । प्रदेश सरकारका प्रबक्ता पूर्णा जोशीले राजमार्ग पूर्ण रुपमा खुलाउन सबै सयन्त्र परिचालन भएको बताईन । गोदावरी न्युज बाट सभार

Dirghayu Ads

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.