सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

हिमपातले मनाङको खोप अभियान प्रभावित

पश्चिमी न्यून चापीय प्रणाली सक्रिय भई शुक्रबारदेखि वर्षा र हिमपात भएपछि देशका उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भइरहेको छ।

हिमाली जिल्ला मनाङमा पनि भारी मात्रामा हिमपात भएको छ। हिमपातका कारण मनाङमा सुरु भएको खोप अभियान प्रभावित भएको स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यले जानकारी दिए।

उनका अनुसार माथिल्लो मनाङ र नार्पाभूमि गाउँपालिकामा खोप अभियान चलिरहेकै अवस्थामा हिमपातले प्रभाव पारेको हो। घरबाट बाहिर निस्कन सक्ने अवस्था नभएपछि खोप अभियान स्थगित गरिएको उनले बताए। ’मौसम अनुकूल भएपछि खोप अभियान सुचारु गर्नेछौँ,’ आचार्यले भने।

World Link Ads
Mahakali Polytechnic

पहाडी क्षेत्रमा वर्षा भएसँगै हिमाली जिल्लामा हिमपात भइरहेको छ। हिमपातका कारण घरबाट बाहिर निस्कने अवस्था नहुँदा यस जिल्लाको जनजीवन पनि कष्टकर भएको छ।

Dirghayu Ads

यहाँ पछिल्लो पटक भएको हिमपात भारी मात्रामा रहेकाले अन्य कार्यक्रमहरु पनि प्रभावित रहेको र खोप कार्यक्रम सञ्चालन गर्न नसकिएको आचार्यले बताए।

Sana Kishan

प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले भारी मात्रामा हिमपात भएकाले जिल्लावासी तथा पर्यटकलाई घरबाट बाहिर ननिसक्न आग्रह गरिएको बताए। उनका अनुसार कोभिड–१९ को तेस्रो भेरियन्ट ओमिक्रोन सङ्क्रमणको जोखिमका कारण जिल्लामा पर्यटक न्यून भए पनि सचेत रहन आग्रह गरिएको छ।

हिमपातका कारण अन्नपूर्ण पदमार्गमार्फत मनाङ भित्रिने पर्यटकलाई सचेत हुन आग्रह गरिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका प्रमुख लेखनाथ गौतमले बताए।

पर्यटकहरूलाई जहाँ पुग्नुभएको छ त्यहीँ सुरक्षित तवरबाट बस्न अनुरोध गरिएको उनले बताए। उनका अनुसार पर्यटकहरू हिउँमा बाहिर निस्किँदा चिसोका कारण बिरामी पर्नसक्ने भएकाले सचेत रहन आग्रह गरिएको हो।

उता हिमपातका कारण यहाँका किसान भने खुसी भएका छन्। यहाँको स्थानीय उत्पादन बढ्ने भएकाले किसान खुसी भएका हुन्। मनाङको प्रवेशद्वारा ताल गाउँसम्म भारी हिमपात भएको र यहाँ धेरै चिसो बढेको बताइएको छ। थाहा खबर बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.