

सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दूर सञ्चार सेवाको गुणस्तर अभिवृद्धि गर्नुपर्नेमा जोड दिएका छन् ।
नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को १८औँ वार्षिकोत्सवका अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रममा मन्त्री कार्कीले नेपाल टेलिकमको फाइबर टु द होम सेवाको विस्तारमा ढिला सुस्ती हुँदा उपभोक्ताहरूले सेवा लिन नपाएको भन्दै सेवाको विस्तार र गुणस्तर अभिवृद्धि गर्नुपर्नेमा जोड दिए ।


उनले नेपाल टेलिकमलाई समय सापेक्ष बनाउन अध्ययन अनुसन्धानको कामलाई प्राथमिकता दिँदै सेवालाई आधुनिक र प्रविधिमैत्री बनाउन समेत निर्देशन दिए ।

उनले देशको आर्थिक र सामाजिक विकासका साथै विश्वव्यापी रुपमा फैलिएको कोभिड –१९ महामारी, देशभित्र हुने प्राकृतिक विपद्को समयमा सामाजिक उत्तरदायित्व बहन गर्दै जनचेतनामूलक सूचना प्रवाहका लागि कम्पनीलाई धन्यवाद व्यक्त गरे । गोदावरी न्युज बाट सभार
