सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

दार्चुलाको मालिकार्जुन गाउँपालिकाद्धारा भ्रमण खर्च घटाएर वृद्ध सेवा केन्द्रलाई खाद्यान्न सहयोग 

150
Sana Kishan

महेन्द्रनगर । दार्चुलाको मालिकार्जुन गाउँपालिकाले वृद्ध सेवा केन्द्रलाई खाद्यान्न तथा आर्थिक सहयोग गरेको छ । शुक्रबार कञ्चनपुरको बेदकोट नगरपालिका–७ रौटेला धामस्थित बैजनाथ धाम जेष्ठ नागरिक सेवा केन्द्रका वृद्धाबृद्धहरुलाई मालिकार्जुन गाउँपालिकाले खाद्यान्न तथा आर्थिक सहयोग गरेको हो ।

Arus

नमुना पालिकाहरुको भम्रणमा रहेका मालिकार्जुन गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीसहितको टोलिले सामाजिक कार्य अन्तर्गत उत्त सहयोग गरेको जनाएको छ । गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सुरज प्रशाद जोशीले संघिय प्रणालिपछि स्थानीय सरकारहरुले गरेको नमुना काम र अनुभव आदानप्रदानका लागि जनप्रतिनिधि र कर्मचारीले नेपालका नमुना पालिका भ्रमण गरिएको बताए । सोहि कार्यक्रम अन्तर्गत खर्च व्यवस्थापन गरि वृद्ध सेवा केन्द्रलाई पनि सहयोग गरिएको बताए ।

Nepali Khaja
Karnali Traders

‘महेन्द्रनगर पुग्दा नजिकै वृद्धआश्रम रहेको जानकारी पाएपछि भम्रणमा रहेको पालिकाको टोलीले वृद्धआश्रमलाई केही राहत स्वरुप सहयोग गरेको हौँ ।’ उनले भने सेवा ‘केन्द्रलाई चामल, दाल, नुन, तेल, आँटा लगाएका खाद्यान्न सामाग्री सहयोग गरिएको छ ।’ त्यस्तै मालिकार्जुन गाउँपालिकाका लेखापाल पुस्कर विष्टले व्यक्तिगत वृद्धाआश्रमलाई आर्थिक सहयोग गरेका छन् । सहयोग हस्तान्तरण कार्यक्रममा पोषण संयोजक रविन्द्र सिंह धामी र कम्प्युटर अपरेटर गोविन्द सिंह धामी लगायतको सहभागीता रहेको थियो । गाउँपालिका अध्यक्ष नरेन्द्र सिंह धामी नमुना पालिका भ्रमणका क्रममा सोहि कार्यक्रमको खर्च कटौति गरि वृद्ध सेवा केन्द्रलाई सहयोग गरिएको बताए । साथै भ्रमणका क्रममा नमुना विकास मोडेलबारे जानकारी लिईएको र सोहि कुरा आफ्नो पालिकामा पनि लागू गरिने अध्यक्ष धामीको भनाइ छ ।

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.

  +  22  =  24