सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

लोकसेवाले रोकेको शाखा अधिकृतको परीक्षा तत्काल नहुने

लोकसेवा आयोगको शाखा अधिकृतको लिखित परीक्षा तत्काल शुरु नहुने भएको छ । सर्वोच्च अदालतको अन्तरिम आदेशका कारण रोकिएको उक्त परीक्षा केहि समय ढिला हुने लोक सेवा आयोगले जनाएको छ ।
सर्वोच्च अदालतको पूर्ण इजलासले गत माघ १२ गते कर्मचारी समायोजन र शाखा अधिकृतको दरबन्दी संख्यासम्बन्धी विवाद टुंगाए पनि आयोगले परीक्षा शुरु गर्न नसकिने निष्कर्ष निकालेको हो ।
आयोगलाई विपक्षी बनाइएका करिव ३५ वटा मुद्दामध्ये २५ वटा मुद्दा सर्वोच्च अदालतको पूर्ण इजलासबाट टुंगिएपनि अरु केही मुद्दा बाँकी छन् ।
पछिल्लो पटक कोरोना महामारीको तेस्रो लहरका कारण सर्वोच्च अदालतले सेवा कटौती गरेर केही सीमित प्रकृतिका मुद्दामा मात्रै सुनुवाई गरिरहेको छ । सर्वोच्च अदालतमै विचाराधीन अरु मुद्दा नटुंगिएको भन्दै लोकसेवा आयोगले गतवर्ष नै प्रारम्भिक परीक्षा लिएको शाखा अधिकृतको दोस्रो चरणको परीक्षा शुरु गर्न नसक्ने निष्कर्ष निकालेको हो ।

गत माघ १२ गते सर्वोच्च अदालतले कर्मचारी समायोजनलाई कानूनसम्मत ठह¥याउँदै समायोजन भएका कर्मचारीलाई फेरि संघीय निजामती सेवामा फर्काउन नपर्ने फैसला गरेको थियो ।

Sana Kishan

त्यसक्रममा उसले समायोजन भएर प्रदेश र स्थानीय तहमा गएका कर्मचारीहरुको सिट सुरक्षित राख्नु भनी जारी भएको अन्तरिम आदेश खारेज हुने निर्णय सुनाएको थियो । अनि रोकिएका परीक्षासमेत सञ्चालन गर्नू भनेको थियो । त्यो मुद्दाको हकमा आदेश आएपनि अरु मुद्दा विचाराधीन भएको भन्दै लोकसेवा आयोगले शाखा अधिकृतको परीक्षा तत्काल अघि नबढाउने योजना बनाएको हो । उपहार खबर बाट सभार

World Link Ads
Mahakali Polytechnic

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.