सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

गुट बलियो बनाउने होइन, पार्टी बलियो बनाउनुपर्छ : वरिष्ठ नेता पौडेल

41
Sana Kishan

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा गुटबन्दी अन्त्य गर्नुपर्नेमा जोड दिनुभएको छ । नेपाली कांग्रेस तनहुँको आज शुक्रवार शनिवार आयोजित पदस्थापन कार्यक्रममा बोल्दै वरिष्ठ नेता पौडेलले कांग्रेसमा गुटबन्दी मौलाउँदै गएकाले यसको अन्त्य हुनुपर्ने बताउनुभयो ।

देशैभर गुटले प्रश्रय पाएको बताउँदै वरिष्ठ नेता पौडेलले गुट अन्त्य गर्न सके मात्र पार्टी बलियो हुने धारणा राख्नुभयो । ‘गुट बलियो बनाउने होइन, पार्टी बलियो बनाउनुपर्छ, त्यसतर्फ सबै लागौँ’, उहाँले भन्नुभयो । १४ औँ महाधिवेशनमा आफ्नो समूहबाट सर्वसम्मत नभएपछि आफू उम्मेदवार नबनेको बताउँदै पौडेलले तटस्थ भूमिकामा बसेको बताउनुभयो ।

Arus

वरिष्ठ नेता पौडेलले वीपीको विचार र सिद्धान्तलाई अनुसरण गर्नुपर्नेमा जोड दिनुभयो । ‘वीपीको विचार र सिद्धान्त कांग्रेसले भुल्दै गएको छ, वीपीको विचारलाई अनुसरण गर्न सक्नुपर्छ’, पौडेलले भन्नुभयो ।

Nepali Khaja
Karnali Traders

कांग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीले पार्टीलाई एकढिक्का बनाउन आवश्यक रहेको बताउँदै विगतका कमजोरी सच्याएर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

केन्द्रीय सदस्य गोविन्द भट्टराईले पार्टीलाई बलियो बनाउन सबै नेता तथा कार्यकर्ता लाग्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा कांग्रेसको १४ औँ महाधिवेशनका क्रममा जिल्ला अधिवेशनबाट निर्वाचित सभापति जितप्रकाश आलेलाई निवर्तमान सभापति वैकुण्ठ न्यौपानेले पद हस्तान्तरण गर्नुभएको थियो । उज्यालो अनलाइन बाट सभार

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Leave A Reply

Your email address will not be published.