सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

चुनावपछि विशेष महाधिवेशन गर्छाैँ, माओवादीलाई एक नम्बर बनाएरै छाड्छौँ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विचारलाई केन्द्रमा राखेर विशेष महाधिवेशनको आयोजना गर्ने प्रतिबद्धता जनाउनुभएको छ । आफ्नो प्रतिवेदनमा उठेको प्रश्नको आज शुक्रवार जवाफ दिँदै उहाँले चुनावपछि विचार, राजनीतिक कार्यदिशालगायत विषयमा थप प्रष्टताका लागि विशेष महाधिवेशनको आयोजना गरिने विश्वास दिलाउनुभयो ।

अध्यक्ष प्रचण्डले अहिलेको महाधिवेशन विचार निर्माण र नेपाली मौलिकतासहितको समाजवादी कार्यक्रम निर्मााणका लागि प्रस्थान विन्दु भएको निष्कर्ष सुनाउँदै विशेष महाधिवेशनमा पुगेर एउटा निष्कर्ष निकालिने बताउनुभयो ।

समूहगत छलफलका क्रममा समेत नेता तथा कार्यकर्ताले विचार निर्माणका लागि अझै वृहत् र घनीभूत छलफलको आवश्यक रहेको भन्दै विशेष महाधिवेशन वा त्यस्तै विशेष प्रकारको भेला आवश्यक रहेको धारणा राखेका थिए । त्यही धारणालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले चुनावपछि विशेष महाधिवेशन गर्ने बताउनुभएको हो ।

World Link Ads
Mahakali Polytechnic

प्रतिवेदन सर्वसम्मतिले पारित

Dirghayu Ads

यसैबीच अध्यक्ष प्रचण्डले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित भएको छ । माओवादीको जारी आठौँ राष्ट्रिय महाधिवेशनको आजको बन्द सत्रले गएको सोमवार उहाँले पेस गर्नुभएको राजनीतिक प्रतिवेदन पारित गरेको हो ।

Sana Kishan

महाधिवेशनको बन्द सत्रको पहिलो दिन सोमवार अध्यक्ष प्रचण्डले ‘२१ औँ शताब्दीको समाजवादको नेपाली बाटो’ शीर्षकको वैचारिक तथा राजनीतिक दस्तावेज पेस गर्नुभएको थियो । यस्तै त्यही दिन स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङले विधान मस्यौदामा प्रस्तुत गर्नुभएको थियो ।

मङ्गलवार र बुधवार दिउँसोसम्म समूहगत छलफल भएको थियो । छलफलका लागि विभिन्न २५ समूह निर्माण गरिएका थिए । समूहको संयोजन गर्ने जिम्मेवारी समेत नेताहरूलाई दिइएको थियो । बन्द सत्रमा नेताहरू हरिबोल गजुरेल, राम कार्की, लेखनाथ न्यौपानेले अध्यक्ष प्रचण्डको प्रतिवेदनमाथि टिप्पणीमूलक पूरक प्रतिवेदन पेस गर्नुभएको थियो ।

बन्द सत्रको आजको सत्रमा अध्यक्ष प्रचण्डले सबैको विचार र भावनालाई समेटेर प्रतिवेदनलाई समृद्ध बनाउने विश्वास दिलाउनुभयो । उहाँले सबैको सुझावलाई आत्मसात् गर्दै पार्टीलाई अझै स्पष्ट र भरोसायोग्य बनाउने बताउनुभएको थियो । नेता तथा कार्यकर्ता तहबाट उठेका सबै विषयलाई सम्बोधन गर्ने प्रतिबद्धता अध्यक्ष प्रचण्डले व्यक्त गर्नुभएपछि अध्यक्ष मण्डलका तर्फबाट निर्णयका लागि प्रस्तुत गरिएको थियो ।

अध्यक्ष मण्डलले गरेको प्रस्तावलाई बन्द सत्रको हलले सर्वसम्मतिले पारित गरेको हो । अध्यक्ष प्रचण्डले सबै पक्षको भावनाअनुसार पार्टीलाई थप बलियो बनाउने विश्वास दिलाउँदै एजेन्डा, कार्यक्रमका हिसाबले पनि माओवादी नै अब्बल रहेको बताउनुभयो । उहाँले माओवादी एजेन्डामा नै देश अगाडि बढिरहेको दाबी गर्दै यसलाई थप विस्तार गर्दै पार्टीलाई एक नम्बरको बनाएरै छाड्ने बताउनुभयो । उज्यालो अनलाइन बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.