सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

तीन महिना भित्र भैरहवा विमानस्थल उद्घाटन गर्छौं : पर्यटनमन्त्री प्रेम आले

266
Sana Kishan

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले आगामी तीन महिना भित्र गौतमबुद्ध विमानस्थल उद्घाटन गर्ने घोषणा गरेका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको २३ औं वार्षिकोत्सबका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा उनले यस्तो घोषणा गरेको छ ।

Arus

भैरहवा रुट दिन भारतले आनाकानी गरेको भन्दै यसलाई छिट्टै टुङ्ग्याइने उनले बताए। जनवरी २०२२ भित्र क्यालिब्रेसन उडान गर्ने तयारी रहेको समेत प्राधिकरणले जानकारी गराएको छ । मन्त्री आलेले तोकिएको समयमा काम पूरा गर्न निर्देशन दिए ।

Karnali Traders

उनले युरोपेली युनियनको कालोसूचीबाट हट्ने गरी काम गर्न समेत निर्देशन दिए । उनले नेपाल वायुसेवा निगमलाई जहाज खरिदको प्रक्रिया अगाडि बढाउन आफूले निर्देशन दिएको जानकारी दिए ।

प्राधिकरणको वार्षिकोत्सबमा केही हाकिम नआएको भन्दै उनीहरुमाथि निगरानी गर्ने चेतावनी मन्त्री आलेले दिए । उनले भने ‘निगरानी छ कतिपयलाई, यो धन्दा अरुसँग गर्नुहोला, प्रेम आलेसँग होइन ।’ अनलाइनखबर बाट सभार

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.