
शुक्रबार बिहान देशभर आंशिक बदली रहि धेरै स्थानमा हुस्सु र कुहिरो लागेको छ।
मौसम पूर्वानुमान महाशाखामा अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली र भारतको उत्तर प्रदेशको पूर्वी भूभाग र बिहार आसपासमा रहेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव छ। दिउँसो देशभर आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले आँकलन गरेको छ। गण्डकी र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । राति प्रदेश १, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । शनिबार दिउँसो देशभर आंशिक बदली रहनेछ। गण्डकी र कर्णालीका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान
२०७८ पुस १६ गते (शुक्रबार)
दिउँसो : देशभर आंशिक बदली रहनेछ। गण्डकी प्रदेश र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भू–भागहरुका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।
राती : प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी भू–भागमा आंशिक बदली रहनेछ। प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दूई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

२०७८ पुस १७ गते (शनिबार)
दिउँसो : देशभर आंशिक बदली रहनेछ। गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दूई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
राती : देशभर आंशिक बदलीको सम्भावना रहेको छ।
२०७८ पुस १८ गते (आईतबार)
दिउँसो : देशभर आंशिक बदली रहनेछ
राती : देशभर आंशिक बदलीको सम्भावना रहेको छ। उपहार खबर बाट सभार
