सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

पोखराको सुन्दरता संरक्षणमा सरकार प्रतिबद्ध : मन्त्री खाँण

286
Sana Kishan

गृहमन्त्री खाँणले बिहीबारदेखि पोखरामा सुरु भएको सडक महोत्सवको उद्घाटन गर्दै फेवातालसहितका तालको संरक्षण गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।

रेष्टुराँ एण्ड बार एसोसिएशन (रेबान) पोखराको आयोजनामा अंग्रेजी नयाँ वर्षको अवसर पारेर २३ औँ सडक महोत्सव शुरु भएको छ।

Arus

गृहमन्त्री खाँणले लगानीकर्ता, कर्मचारी र मजदुरको साथमा सरकार रहेको भन्दै देशका विभिन्न भूभागमा २४ घण्टा रेष्टुराँ खुलोस् भन्ने चाहना रहेको बताए।

Karnali Traders

गृहमन्त्री खाँणले भने, ‘पोखराको सुन्दरता र फेवालगायतका तालको संरक्षणमा सरकार प्रतिबद्ध छ। लगानीकर्ता, कर्मचारी र मजदुरको साथमा सरकार छ। म चाहन्छु, देशका विभिन्न भूभागमा चौबीसै घण्टा रेष्टुराँ खुलून्। तर त्यहाँका स्थानीयले के भन्नुभयो भने रातभर ठूला साउण्ड बक्समा आवाज आए हामी कसरी सुत्ने?’

पुस १७ गतेसम्म सञ्चालन हुने महोत्सव स्वास्थ्य मापदण्डलाई ख्याल गर्दै आयोजना गरिएको बताइएको छ। महोत्सवमा २५ भन्दा बढी बाजागाजासहित सांस्कृतिक समूहको सहभागिता रहेको छ।

त्यस्तै महोत्सवस्थलमा ३० भन्दा बढी हस्तकलाका स्टल, राष्ट्रिय तथा अन्तरराष्ट्रिय खानाको प्रदर्शनी, दोहोरी प्रतियोगिता, झाँकी प्रदर्शन, रात्रिकालीन कन्सर्ट, डुङ्गा दौड, ह्विलचियर दौड, वेटर रेस, टग अफ वार जस्ता प्रतियोगिता गरिनेछ। थाहा खबर बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.