सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

आगो ताप्दा सावधानी अपनाउन मन्त्रालयको अपिल

440
Sana Kishan

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोठालाई न्यानो बनाइराख्न आगो ताप्ने, हिटर बाल्ने, गिजरको प्रयोग गर्नेलगायतका कार्य गर्दा सावधानी अपनाउन अपिल गरेको छ।

मन्त्रालयले आज सूचना जारी गर्दै केही दिनदेखि देशभर चिसो बढेको र जाडोयाममा शरीर वा कोठालाई न्यानो बनाइराख्न आगो ताप्ने, हिटर बाल्ने, गिजरको प्रयोग गर्नेलगायतका कार्य गर्दा अप्रिय घटना हुने भएकाले सावधानी अपनाउन अपिल गरेको हो।

Arus

मन्त्रालयले कोठा न्यायो बनाउनका लागि हावा ओहरदोहर हुने ठाउँ वा कोठामा मात्र आगो ताप्ने, हिटर बाल्ने वा गिजर प्रयोग गर्न आग्रह गरेको छ। मन्त्रालयले कोइलाजन्य स्रोतबाट सकेसम्म आगो नताप्न, आगो ताप्दा वा हिटर बाल्दा कागज, कपडा जस्ता छिटो जल्ने खालका सामग्री नजिकै नराख्न अनुरोध गरेको छ।

Karnali Traders

यसैगरी मन्त्रालयले आगो तापिसकेपछि त्यसलाई पूर्णरूपमा निभाउन, हिटरको प्रयोग गर्दा समय–समयमा चलिरहेको हिटरलाई बन्द गर्न, सुत्नुअघि अनिवार्यरूपमा हिटर निभाउन अनुरोध गरेको छ। मन्त्रालयले गिजरको मुख्य मेसिनलाई स्नानगृह बाहिर खुला ठाउँमा जडान गर्न र गिजर खोलेर लामो समयसम्म स्नानगृहमा नबस्न पनि आग्रह गरेको छ।

आज नेपालगञ्जको भेरी अस्पतालको क्याटरमा कोठा न्यानो बनाउनका लागि कोइला बालेर सुत्दा एकै परिवारका चार जनाको निसास्सिएर निधन भएको थियो। अन्नपूर्ण पोस्ट बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.