सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा वैद्य

353
Sana Kishan

नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा प्रतिभा वैद्य नियुक्त भएकी छन् । नेपाल सरकारले वैद्य नयाँ प्रबन्धन निर्देशक नियुक्त नभएसम्मको लागि निमित्त बनाएको हो ।

टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीको तीन वर्षे कार्यकाल सकिन एक हप्ता अघि विदामा बसेपछि निमित्तमा वैद्य नियुक्त भएकी छन् । अधिकारीको यहीँ पुस २२ मा कार्यकाल सकिँदैछ । सरकारले नयाँ प्रबन्ध निर्देशक नियुक्तको प्रक्रिया थालेको छ । तर सर्वोच्च अदालत मुद्दा परेका कारण नयाँ प्रबन्ध निर्देशक नियुक्त प्रक्रियामा ढिलाई हुने सम्भावना रहेको छ ।

Arus

Karnali Traders

नेपाल दूसरसञ्चार राष्ट्रिय कर्मचारी संगठनका महासचिव तेजबहादुर शाहीले सरकारद्धारा केही विवादित प्रावधान राखेर नयाँ नियुक्तीको प्रक्रिया थालेकोले नयाँ प्रबन्ध निर्देशक नियुक्तमा बिलम्ब हुने अवस्था आएको बताए। आफू अनुकुलको व्यक्ति प्रबन्ध निर्देशक बनाउन सरकारले विगतको केही नियम संशोधन गरेर विज्ञापन खोलेको छ ।

५८ वर्षे उमेर हदलाई ५६ मा झारिएको छ । अधिकृत भएको १५ वर्षे कार्यअवधिलाई १२ वर्ष बनाइएको छ । उच्च पदस्थ कर्मचारीको हकमा ५ वर्षे प्रावधानलाई ३ वर्षमा घटाइएको छ । कानूनमा स्नातकोत्तर गरेको हुनुपर्ने नयाँ प्रावधान पनि थपिएको छ । बारम्बार यसरी नियम परिवर्तन गरेर आफू अनुकुलको व्यक्तिलाई प्रबन्ध निर्देशक बनाउन सरकार नै लागेपछि अदालतमा मुद्दा परेको संगठनका महासचिव शाहीले बताए । सुरेन्द्र काफ्लेले अन्नपूर्ण पोस्टमा लेखेका छन्।

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.