सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

एमाले पार्टी रहेन, पाटीपौवामा परिणत भइसक्यो : अध्यक्ष माधवकुमार नेपाल

47
Sana Kishan

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले) पार्टीको रूपमा नरहेको टिप्पणी गर्नुभएको छ । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले एमाले पार्टी नभएर पाटीपौवामा परिणत भइसकेको दाबीसमेत गर्नुभयो ।

आज बिहीवार काठमाण्डौमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उहाँले एमालेको क्रान्तिकारी नै भुत्तै भएकाले आफूहरूले क्रान्तिकारी धारको नेतृत्वसहित नयाँ पार्टी गठन गरेको तर्कसमेत गर्नुभयो । अध्यक्ष नेपालले एमालेमा केही गरौँ भन्ने भावनासमेत नरहेको बताउनुभयो ।

Arus
Karnali Traders

उहाँले भन्नुभयो, ‘त्यो पुरानो एमाले पार्टीमा क्रान्तिकारी धार नै रहेन । धार भुत्तै भयो । भए पनि काम नलाग्ने, त्यो त्यत्तिकै फलामको डल्लो हुन पुग्दछ । धारै छैन । क्रान्तिकारी चिन्तन नै छैन । परिवर्तनको सङ्कल्प नै छैन । निःस्वार्थ भावना पनि छैन । केही गरौँ भन्ने पवित्र सोच नै छैन । क्रान्तिकारी भावना छैन भने, समर्पणको भावना छैन भने त्यो पार्टी पाटीपौवा हुन पुग्दछ । त्यो पाटीपौवाको केही काम छैन ।’

Nepali Khaja

अध्यक्ष नेपालले जनतालाई सुखी बनाउने र देशलाई समृद्ध बनाउने सङ्कल्पका साथ आफ्नो पार्टी अघि बढिरहेको दोेहो¥याउनुभयो । उहाँले जनताको पीडालाई सम्बोधन गरेर आफ्नो पार्टी अघि बढ्ने भन्दै टोलटोलमा गएर पार्टीको सङ्गठन निर्माणमा जुट्न पनि नेता, कार्यकर्तालाई निर्देशन दिनुभयो । उज्यालो अनलाइन बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Leave A Reply

Your email address will not be published.