सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कांग्रेसले तोक्यो वरीयता : पहिलो देउवा, दोस्रोमा खड्का, अन्तिममा को ?

308
Sana Kishan

नेपाली कांग्रेसले १४ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको वरीयता तोकेको छ ।

कांग्रेस केन्द्रीय कार्यालयले सार्वजनिक गरेको सूचीमा सभापति शेरबहादुर देउवा पहिलो, उपसभापति पूर्णबहादुर खड्का दोस्रो र उपसभापति धनराज गुरुङ तेस्रो वरीयतामा छन् ।

Arus

कांग्रेसले पदाधिकारी केन्द्रीय समितिमा निर्वाचित भएका पूर्वपदाधिकारी र अहिले निर्वाचित केन्द्रीय सदस्यलाई क्रमशः वरीयतामा मिलाएर राखेको छ । महामन्त्री गगन थापा वरियताको चौंथो नम्बरमा हुँदा विश्वप्रकाश शर्मा पाँचौ नम्बरमा छन् । ८ सहमहामन्त्रीमध्ये फरमुल्लाह मन्सुर सबैभन्दा अगाडि छन् ।

Karnali Traders

कांग्रेसले कोषाध्यक्ष मनोनीत गर्नुअघि नै वरीयता टुंग्याएको हो । सभापतिमा शेरबहादुर देउवासँग पराजित शेखर कोइरालाको वरीयता २० औं नम्बरमा छ । १३५ सदस्यीय केन्द्रीय समितिमा सबैभन्दामा अन्तिममा जीवन राना छन् ।

केन्द्रीय सदस्य मध्य १३४ जना महाधिवेशनबाट निर्वाचित भएका हुन् भने शेखर कोइराला स्वतः केन्द्रीय सदस्य बनेका हुन्। कांग्रेस विधानअनुसार सभापतिमा निर्वाचित व्यक्तिभन्दा दोस्रो बढी मत ल्याउने व्यक्ति स्वतः कार्यसमिति सदस्य हुन्छ । कांग्रेसको केन्द्रीय कार्यसमिति १६८ सदस्यीय हो ।

बाँकी ३३ जना केन्द्रीय सदस्य सभापति देउवाले मनोनीत गर्न बाँकी छ । उपहार खबर बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.