सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडी लगाायत सुदूरपश्चिममा आज पुसे १५ तथा ठूलीरात मनाइँदै

बैतडी – बैतडी लगाायत सुदूरपश्चिममा आज पुसे १५ तथा ठूलीरात मनाइँदै छ । आजको रात सबैभन्दा लामो हुने भएकाले ठूलीरात भन्ने गरिएका हो । आज राति मिठो मिठो खाएर रमाइलो गरी जाग्राम बस्ने, डेउडा खेल्ने तथा बिहान उज्यालो नहुँदै नुहाइधुवाइ गर्ने चलन रहेको च्वांगडका स्थानीय संस्कृतिका जानकार एवं शिक्षक मुरलिधर अवस्थीले बताए । उनले भने, ‘रातभरी भललै,(भागसिरी) डेउडा, दन्त्यकथा, बातै (कहानी) सुन्ने र सुनाउने तथा तरुल सखरखण्ड पकाएर खाने गरिन्छ ।’

आजका साउन र पुस महिनामा दानवहरु बडि हुने र देवताहरु कैलाश जाने भएकाले पन्नरी रातमा प्राचिन कालमा ऋषिमुनिहरुले देवताहरुलाई जागराम बसाएकोले आजको रात जागराम बस्ने गरेको र राति बस्दा गाउँभरिका मानिस एकठाउँमा जम्मा भइ महाभारत अन्र्तगत कौरव पाण्डवको वर्णन गर्नेगरेको बैतडीको सुर्नया गाउँपालिका वडा न ६ का स्थानीय संस्कृतीका जानकार एवं अनिरुद्र मन्दिरका पुजारि गणेश दत्त अवस्थीले बताए ।

Sana Kishan

पुस पन्नरीका रूपमा मनाइने यो पर्वमा आज १५ किसिमका परिकार खाने गर्दछन् । तेल अथवा घिउमा तारेर पकाइएका खानेकुरा अथवा घिउ हालेको भात खाने गरिन्छ । कुनै कुनै ठाँउमा तिहारमा भैली खेलेर जम्मा भएको रकमबाट आजै कुन्क्यौलो (वनभोज) खाने गरिन्छ । पुस १५ को आसपास सबैभन्दा चिसो समय हुने भएकाले चिसोबाट बच्न र शरीर समेत फूर्तिलो हुने भएकाले चिल्लो पदार्थ हालेका तातो खानेकुरा खाने गरिएको समेत पुजारि अवस्थीको भनाई छ ।

World Link Ads
Mahakali Polytechnic

विशेषगरी रातमा नसुतेर यो पर्व मनाउने परम्परा रहे पनि बदलिँदो परिवेशमा यसको खास महत्त्व दर्शाउने गरी मनाउने परम्परा भने हराउँदै जान थालेको छ । पुस ६ गतेलाई उत्तरी गोलार्धमा सबैभन्दा छोटो दिन भनिए पनि बैतडीलगायत सुदूर पश्चिमी समाजमा भने पुस १५ लाई छोटो दिन मान्ने गरिन्छ । आजको रात संगै जागराम बसेमा अर्को जुनिमा समेत भेटहुने जनविश्वाश रहिआएको शिक्षक अवस्थीले बताए । सगुन खबर बाट सभार

Dirghayu Ads

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.