सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

स्वदेश फर्कियो उपाधि विजेता महिला भलिबल टोली 

232
Sana Kishan

बङ्गलादेशमा सम्पन्न एसियन सिनियर सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनशिपको उपाधि विजेता नेपाली महिला टोली आज बिहीवार स्वदेश फर्किएको छ । नेपाली टोलीलाई युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराज, नेपाल भलिबल सङ्घका अध्यक्ष मनोरञ्जन रमन शर्मालगायतले नेपाली टोलीलाई स्वागत गर्नुभयो । त्रिभुवन विमानस्थलमा टोलीलाई बाजा बजाएर स्वागत गरिएको थियो ।

गएको मङ्गलवार सम्पन्न फाइनल खेलमा नेपालले उज्वेकिस्तानलाई पराजित गर्दै विजेता बनेको थियो । बङ्गलादेशको मिरपुरमा रहेको शाहिद शुरवार्दी इन्डोर हलमा भएको खेलमा नेपालले उज्वेकिस्तानलाई तीन–दुईको सेटमा हराएको थियो ।

Arus

यस प्रतियोगितामा नेपाली महिला टोली लगातार दोस्रो पटक च्याम्पियन बनेको हो । यसअघि सन् २०१९ मा बङ्गलादेशमै भएको खेलमा नेपालले माल्दिभ्सलाई तीन–शून्यको सोझो सेटमा पराजित गर्दै उपाधि जितेको थियो ।

Karnali Traders

त्यस्तै पुरुषतर्फको खेलमा भने नेपाल चौथो स्थानमा रह्यो । तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा उज्वेकिस्तानसँग नेपाल तीन–शून्यको सोझो सेटमा पराजित भएसँगै चौथो स्थानमा रहेको हो । पुरुष टोली पनि आजै स्वदेश फर्किएको छ ।

सरकारले यस प्रतियोगितामा च्याम्पियन टोलीका १२ सदस्यीय खेलाडीलाई जनही पाँच लाख तथा दुई प्रशिक्षकलाई जनही तीन लाख रुपैयाँ दिने निर्णयसमेत गरिसकेको छ । उज्यालो अनलाइन बाट सभार

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.