सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

बझाङ जिल्लामा २ जना पुरुष मृत भेटिए

90
Sana Kishan

बझाङ – जिल्लामा दुई जना पुरुष मृत अवस्थामा फेला परेका छन्। जिल्लाको छबिसपाथिभेरा गाउँपालिका ७ बुड्खोरीका वर्ष ४३ का जंग धामी र सुर्मा गाउँपालिका १ दौलीचौरका वर्ष ४४ का किट्टु बोहरा मृत फेला परेका हुन्।

उनीहरु दुवै फरक फरक ठाउँमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। धामी घर नजिकै नौपाते भन्ने ठाउँमा बिहिबार बिहान मृत फेला परेका हुन् भने मंगलबारदेखि घरबाट हराएका बोहरा घरबाट केही टाढा पदाली भन्ने ठाउँमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी ज्ञानबहादुर विष्टले बताए।

Arus
Karnali Traders

धामी र बोहरा दुबै जनाको चिसोले कठ्यांग्रीएर ज्यान गएको हुनसक्ने अनुमान गरिएको छ। दुवै जनाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सिमिखेत ल्याउन प्रहरी टोली खटाएको छ। गोदावरी न्युज बाट सभार

Nepali Khaja

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Leave A Reply

Your email address will not be published.