सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

बैतडी: दोगडाकेदारमा १० जना कर्मचारीहरुको सरुवा

180
Sana Kishan

बैतडी – संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तहका कर्मचारीको काज सरुवाको निर्णय गरे लगत्तै बैतडीको दोगडाकेदार गाउँपालिकाका १० जना कर्मचारीहरुको सरुवा भएको छ । ५ जना वडा सचिवहरु,१ जना इन्जीनियर,२ जना सव ओभरसियर, १ जना कम्युटर अपरेटर र १ जना आन्तरीक लेखा परिक्षकको सरुवा भएको गाउँपालिकाका सुचना प्रविधि अधिकृत जनक बहादुर बिष्टले बताएका छन् ।

संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तहमा कार्यरत र अपायक भएका कर्मचारीहरुलाई उनीहरुको निवेदनका आधारमा कामकाज गर्नेगरी अर्को स्थानीय तहमा खटाउने निर्णय गरेसंगै स्थानीय तहका कर्मचरीहरुको सरुवा गरिएको हो । स्थानीय तहका कर्मचारीहरुको सरुवासम्बन्धी कानूनी व्यवस्थाको अभावका कारण अहिले अन्तर स्थानीय तह कामकाजमा खटाइएको भनी निर्णय भएको जनाइएको छ ।

Arus
Karnali Traders

नयाँ संविधान जारी भएपछि लोकसेवा आयोगले लिएको परीक्षामा उत्तीर्ण भई नियुक्त भएका स्थानीय तहका कर्मचारीहरुलाई मात्रै मन्त्रालयले सरुवा गरेको हो । यता गाउँपालिका अध्यक्ष चक्र कार्कीलेभने अकल्पनिय रुपले कर्मचारीहरुको सरुवा भएकोले अहिले पालिकामा सेवा प्रवाह गर्न निकै असहज भएको बताएकाछन् । दोगडाकेदार गाउँपालिकाका ७ वडाहरु सचिव विहिन भएको गाउँपालिकाका सुचना प्रविधि अधिकृत जनक बहादुर बिष्टले बताए । सगुन खबर बाट सभार

Nepali Khaja

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Leave A Reply

Your email address will not be published.