सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

पिरो खानेकुराका छन् धेरै फाइदा, रिसलाई नियन्त्रण गर्छ !!

324
Sana Kishan

तपाईंले पिरो धेरै खाएकै कारण अरुबाट यस्तो खानेकुराले स्वास्थ्यमा नकारात्मक असर गर्छ भन्दै नखाने सल्लाह पनि खुबै पाउनुभएकै होला । तर, पिरोका पारखीहरुलाई खुसीको खबर पनि छ । अध्ययनले पिरोले खानालाई स्वादिलो मात्र बनाउने नभएर मानिसको स्वास्थ्यमा पनि फाइदा गर्ने देखाएको छ । उक्त अध्ययनका अनुसार यस्ता छन् पिरो खानेकुराका

फाइदाहरुः

Arus

तौल कम गर्छः

यदी तपाईं मोटो हुनुहुन्छ भने पिरो खानेकुरा तपाईंको लागि निकै फाइदाजनक हुनसक्छ । किनभने यसले तपाईंको शरीरमा भएको अतिरिक्त तौल घटाउन मद्दत गर्छ । खुर्सानीमा भएको क्यापसाकिन कम्पाउण्डले थर्मोजेनिक प्रभाव शरीरमा गर्दछ जसले तपाईंको खानाले प्रदान गर्ने क्यालोरीभन्दा बढी क्यालोरी नष्ट गर्दछ ।

क्यान्सर रोक्छः

अध्ययनका अनुसार क्यापसाकिनले केही क्यान्सरका कोषहरुलाई पनि नष्ट गर्दछ । यसको साथै यसले रुघा खोकी नियन्त्रण गर्न मद्दत गर्दछ ।

Karnali Traders

मुटुलाई स्वास्थ राख्छः

खुर्सानीले मुटुसम्बन्धि जोखिमलाई पनि नियन्त्रण गर्न मद्दत गर्दछ । यसले शरीरमा रहेको खराब कोलेस्ट्रोललाई नष्ट गर्दछ र हृदयघात र स्ट्रोकको जोखिमलाई न्यूनिकरण गर्दछ । यसले मुटुलाई सुन्निनु पनि दिँदैन ।

रक्तचापलाई कम गर्छः

अध्ययनले खुर्सानीमा रहेका कम्पाउण्डले रक्तचापलाई गर्ने देखाएको छ । यसले रक्तनलीहरुलाई आराम पनि गराउँदछ ।

रिसलाई नियन्त्रण गर्छः

पिरो खानेकुराले शरीरमा सेरोटोनिन् हर्मोनको मात्रा बढाउँदछ । यसलाई राम्रो अनुभव दिने हर्मोन पनि भनिन्छ । जसले गर्दा मानिसलाई डिप्रेसन हुनबाट पनि जोगाउँछ। नयाँ पुस्ता बाट सभार

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.