सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

हिउँ खेल्न जाँदै हुनुहुन्छ ? अपनाउनुस् यी तरिकाहरु !!

334
Sana Kishan

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य देखि पूर्ण बदली रही अधिकांश स्थानहरूमा हल्का वर्षा भइरहेको छ भने उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात भइरहेको छ ।

यतिबेला काठमाडौँमा पनि वर्षा भइरहेको छ । काठमाडौँमा वर्षासँगै चन्द्रागिरि, फुलचोकी, दामनलगायत उपत्यका आसपासका पहाडमा बुधबार हिमपात सुरु भएको छ ।

Arus

उपत्यकामा पानी परेसँगै बालबालिका, युवायुवतीका साथै विदेशी पर्यटकहरु हिउँ खेल्न विभिन्न स्थानमा पुगिरहेका छन् । तर हिउँ खेल्न जाँदा सुरक्षाका उपाय अपनाउन बिर्सनु भने हुँदैन ।

तपाईं हिउँ खेलिरहनुभएको छ वा खेल्न जाने सोचमा हुनुहुन्छ भने दुर्घटना र चोटपटकबाट जोगिनका लागि यी कुरा ध्यान दिनुहोस् ।

वरिपरिको स्थानबारे थाहा नभइकन नहिँड्नुहोस्ः

हिउँमा धेरै नै सावधान हुनुपर्छ । आफू कुन ठाउँमा हिँडिरहेको छु, त्यसबारे पनि अवगत हुनुपर्छ । सावधान नभए चिप्लिएर लड्ने सम्भावना बढी रहन्छ ।

चिसोका लागि पहिरनः

Karnali Traders

तपाईं चिसोमा बाहिर जाँदै हुनुहुन्छ भने सुरक्षित रहनुहोस् – न्यानो हुनुहोस् । बच्चालाई पनि बाहिर लिएर जाँदै हुनुहुन्छ भने उनीहरुलाई केही खुवाएर लैजानुहोस् । क्यालोरीले उनीहरुको शरीरलाई चिसोमा न्यानो राख्न सहयोग गर्छ ।

– यसका साथै अनुहारमा सनस्क्रिन पनि लगाउनुहोस् । हिउँ खेल्न जाँदा सनस्क्रिनको कुरा गर्दा थोरै अचम्म पनि लाग्ला तर यसले सूर्यको ८५ प्रतिशत हानिकारक विकिरणबाट जोगाउँछ ।

– एउटै गम्म परेको लुगा लगाउनुको साटो, धेरैवटा लुगा लगाउनुहोस् । माथिको लुगा पानी वा हिउँले भिजिहाले पनि त्यो फुकालेर भित्रको नभिजेको अर्को लुगामा रहन सक्नुहोस् ।

– कटनको लुगा लगाउनुको साटो ऊनको वा अन्य कपडाको लुगा लगाउनुहोस् । लामो अण्डरवेयर, हाइनेक, स्वेटर र कोट लगाउन सकिन्छ । धेरै नै चिसो छ भने अरु लुगा पनि थप्न सकिन्छ । न्यानो मोजा वा बुट लगाउनुहोस् । टाउकोलाई टोपीले छोप्नुहोस् ।

– अत्यधिक चिसोमा धेरै समय नबिताउनुहोस् ।

– घर गइसकेपछि भिजेका सबै लुगाहरु खोल्नुहोस् । यसले शरीरबाट अतिरिक्त हिट तानिरहेको हुन्छ । असाध्यै चिसो भएका शरीरका भागलाई मनतातो पानीमा डुबाउनुहोस् । रातोपाटी बाट सभार

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.