सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सुदूरपश्चिमको विकास योजना बनाउन योजना आयोगको सक्रियता

285
Sana Kishan

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले सुदूरपश्चिमको बृहत्तर विकास योजनाको खाका बनाउन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्व पौडेलका नेतृत्वमा पार्टी केन्द्रीय सदस्य नैनसिंह महरलगायतलाई सुदूरपश्चिम क्षेत्रमा खटाएका छन् ।

मङ्गलबार धनगढी पुगेको टोलीले सुदूरपश्चिमका सबै जिल्लामा स्थलगत अवलोकन गरी योजनाको बृहत्तर खाका बनाउने केन्द्रीय सदस्य महरले जानकारी दिए। सबै स्थानीय तहका जनप्रतिनिधिसहित पार्टीका नेतालाई समेत जिल्लामा हुने विकास छलफल तथा सुझाव सङ्कलनमा उपस्थित हुन निमन्त्रणा गरिएको उनले बताए। टोलीलाई सुदूरपश्चिममा आगामी निर्वाचनलाई समेत ध्यानमा राखेर योजना बनाउन तथा ठूला रोजगारी सिर्जना गर्नसक्ने गरी योजनाका खाका बनाउन जिम्मेवारी दिइएको छ। सुदूरपश्चिमको योजनाको खाका बनाउने कार्यमा सो प्रदेशका नौवटै जिल्लामा क्रमशः योजना तर्जुमा र निर्माणबारे अन्तक्र्रिया गरिने छ।

Arus
Karnali Traders

यसैक्रममा आज धनगढीमा सम्पन्न अन्तक्र्रियामा धनगढी उपमहानगरपालिका प्रमुख एवं पार्टीका केन्द्रीय सदस्य नृप वड, उपप्रमुख एवं पार्टीका केन्द्रीय सदस्य सुशीला मिश्र भट्ट, योजना आयोगका सदस्य डा पुष्परमण वाग्ले, युवा स्वरोजगार कोषका कार्यकारी अधिकृत विश्वमोहन अधिकारी, कांग्रेसको सुदूरपश्चिम प्रदेशका महामन्त्री नरनारायण शाह, कैलाली क्षेत्र नं ५ का सभापति भीम पडाललगायतले आ–आफ्नो धारणा व्यक्त गरेका थिए। वर्तमान सरकारले सबै प्रदेशमा यसैगरी विकासका लागि बृहत्तर योजना बनाउन टोली खटाउने बताइएको छ। अन्नपूर्ण पोस्ट बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.