सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

त्रिभुवन विमानस्थलबाट हुने सबै आन्तरिक उडान रद्द

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आज बुधवार बेलुकीका सबै आन्तरिक उडान रद्द भएका छन् । वायु सेवा कम्पनीहरूले सूचना निकालेर मौसम खराबीका कारण बेलुका ४ बजेपछिका सबै रात्रिकालीन उडान रद्द भएका जानकारी गराएका हुन् ।

यसैबीच हिजो मङ्गलवार रातिदेखि भएको वर्षा र हिमपातका कारण काठमाण्डौको त्रिभुवन विमानस्थलबाट हुने ३५ वटा उडान रद्द भएका छन् । आजका लागि ६५ वटा उडान तोकिएकोमा ३५ वटा उडान रद्द भएका विमानस्थलका सन्दीप न्यौपानेले जानकारी दिनुभयो ।

Sana Kishan

काठमाण्डौमा पनि मौसम खराब भएको छ भने उपत्यकाबाहिरका विमानस्थलमा हिउँ परेकोले तथा भिजिविलिटी कम भएकोले धेरैजसो उडान रद्द भएका हुन् । अन्तराष्ट्रियतर्फका उडान भने नियमित भएका छन् । उज्यालो अनलाइन बाट सभार

World Link Ads
Mahakali Polytechnic

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.