सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडी लागायत सुदूरपश्चिमका पहाडि तथा हिमालि जिल्लाहरुमा हिमपात, जनजीवन कष्टकर

बैतडी लागात सुदूरपश्चिमका पहाडि तथा हिमालि जिल्लाहरुमा हिमपात भएको छ । मंगलबार राति देखि हिमपात हुँदा जनजीवन कष्टकर बनेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणालीका कारण हिमपात भएको बताइएको छ । हिमपात सगैं बैतडी लगायत विभिन्न ठाउँमा निकै चिसो बढेको छ ।

Sana Kishan

हिमपातले किसानहरूलाई भने फाईदा पुग्ने भएको छ । विगत केही दिन देखि पानी नपरेकाले बारीमा छरेको गहुँबाली उम्रन नसक्दा चिन्तामा रहेका किसानहरु हिमपात भएसँगै खुसी भएका छन । हिमपातसँगै चिसो बढेकाले चिसो बाट बाच्न स्वास्थ्यकर्मीहरूले सवैमा आग्रह गरेका छन । विषेश गरेर बृद्ध बृद्धा , बालबालिका तथा श्वासप्रश्वासका विरामीहरूलाई विचार पुर्याउन स्वास्थ्यकर्मीहरूले सुझाव दिएका छन । सगुन खबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.