सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

प्रेमिकालाई बिर्सेर पनि नभन्नुहोस् यी कुराहरु, नभए तुरुन्तै टुट्न सक्छ सम्बन्ध !!

लभ, रिलेशन, डेटिङ – यी सबैको हरेकको जीवनमा निकै महत्व हुन्छ । कुनै जोडी सम्बन्धमा आएपछि प्रेमिल समयलाई निकै सुन्दर तरिकाले बाँच्ने गर्दछन् । फोनमा कुरा गर्नु, च्याट गर्नु, सँगै घुम्नु, एक अर्कासँग समय बिताउनु, डेटमा जानु, यस्ता थुप्रै कुरा हुन् जसका कारण तपाईंको सम्बन्ध बलियो हुन्छ ।

तर समय बित्दै जाँदा कोही जोडीबीच मनमुटाव पनि सुरु हुन थाल्छ । सम्बन्धमा स–साना झगडा हुनुलाई ठूलो कुरा मान्नु हुँदैन तर थुप्रै पटक झगडा यति बढ्ने गर्छ कि कतिको त ब्रेकअप नै हुने गर्छ ।

थुप्रै पटक प्रेमीले मजाकमा झगडाका बेला प्रेमिकालाई यस्ता कुरा भनिदिन्छन् कि यसले उनको चित्त दुख्छ र यो नै सम्बन्ध टुट्ने प्रमुख कारक हुनसक्छ । त्यसैले हामीले यस्ता केही कुरा बताउँदैछौं जुन प्रेमिकालाई भन्नु हुँदैन ।

World Link Ads
Mahakali Polytechnic

१. स्क्रिनसट पठाऊ भन्नुः

‘स्क्रिनसट पठाऊ’ यो कुरा आजको समयमा धेरै नै भनिन्छ होला । जब प्रेमिकाको फोन व्यस्त हुन्छ तब प्रेमीले आफ्नी प्रेमिकालाई स्क्रिनसट पठाउन भन्छन् । यदि तपाईं पनि यस्तै गर्नुहुन्छ भने सावधान हुन आवश्यक छ ।

महिलाको पनि आफ्नो नीजि जीवन हुन्छ, उनका पनि साथी हुन्छन्, परिवार हुन्छन् जोसँग उनी कुरा गर्न सक्छिन् । उनको मोबाइल व्यस्त हुँदा यदि उनलाई तपाईं बारम्बार स्क्रिनसट पठाउन भन्नुहुन्छ भने उनलाई लाग्छ कि तपाईंले उनीमाथि विश्वास गर्नुहुन्नँ र यसैकारण सम्बन्ध टुट्न पनि सक्छ ।

२. एक्ससँग तुलनाः

पुरुषहरु यस्ता गल्ती गर्ने नै गर्छन् । उनीहरुले कुनै न कुनै बेला आफ्नी प्रेमिकाको एक्ससँग तुलना गर्छन् । भलै तपाईं यो कुरा मजाकमा भनिरहनु भएको हुनसक्छ तर यो कुराले तपाईंको पार्टनरलाई निकै समस्यामा पारिरहेको हुन्छ ।

Sana Kishan

त्यसैले कहिले पनि प्रेमिकाको तुलनामा एक्ससँग नगर्नुहोस् । यदि तपाईं यस्तो गर्नुहुन्छ भने तपाईंको सम्बन्ध टुट्नबाट कसैले पनि बचाउन सक्दैन ।

३. तिम्रो तौल बढेको छः

प्रेमिकाले सधैं उनको पार्टनरले उनको तारिफ गरोस् र राम्रो कुरा भनोस् भन्ने चाहना राखेकी हुन्छिन् । युवती तथा महिला आफ्नो स्वास्थ्य र फिटनेसमा धेरै नै ध्यान दिन्छन् । तर कतिपटक गलत जीवनशैली र स्वास्थ्य स्थितिका कारण उनीहरुको तौल बढ्ने गर्छ । यदि तपाईं आफ्नी प्रेमिकाको बढ्दो तौलको विषयमा प्रतिक्रिया दिनुहुन्छ र मजाक उडाउनुहुन्छ भने निश्चित रुपमा उनी दुःखी हुनेछिन् ।

यदि तपाईं उनलाई उनको बढिरहेको तौलबारे अवगत गराउन चाहनुहुन्छ भने राम्रोसँग कुरा गर्नुहोस् र उनको स्वास्थ्यबारे कुरा गर्नुहोस् ।

४. परिवारको सदस्यको मजाक उडाउनुः

प्रेमी–प्रेमिकाबीच मजाक मस्ती चलिरहेको हुन्छ । यसले सम्बन्ध स्वस्थ पनि बनाउँछ , तर तपाईंले मजाक गर्दागर्दै प्रेमिकाको परिवारका सदस्यको मजाक उडाउनुहुन्छ वा गलत शब्द बोल्नुहुन्छ भने प्रेमिका रिसाउनबाट कसैले पनि जोगाउन सक्दैन । त्यसैले कहिल्यै पनि कसैको परिवारका सदस्यबारे गलत नबोल्नुहोस्, न त मजाक नै उडाउनुहोस् ।

५. गल्तीबारे बारम्बार भनिरहनुः

हरेक व्यक्तिमा कमी हुन्छ । यसमा कुनै नौलो कुरा होइन कि तपाईंका साथै, तपाईंकी प्रेमिकामा पनि केही कमी हुनेछ । तर तपाईं बारम्बार ती कमीबारे कुरा गरिरहनुहुन्छ भने निश्चित रुपमा उनी दुःखी हुनेछिन् । तपाईंको नजिकको व्यक्तिलाई प्रेमले सम्झाउनु अलग कुरा हो र बारम्बार एउटै कुरामा टोकिरहनु अर्को कुरा हो । यदि तपाईं पनि यस्तो गर्नुहुन्छ भने तपाईंकी प्रेमिकाले सहन सक्दिनन् र उनलाई लाग्छ कि उनी तपाईंको लायक छैनन् । यसैकारण सम्बन्ध तोडिन पनि सक्छ । रातोपाटी बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.