सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

के कपालको चाँयाको कुनै उपचार छ त ?

कपालमा चाँया यस्तो समस्या हो जसले धेरै मानिसलाई समस्यामा पार्दै आएको छ । यो यस्तो समस्या हो जुन बारम्बार दोहोरिरहन्छ ।

चाँया एक फंगसका कारण हुन्छ भनेर थाहा पाउँदा तपाईंलाई आश्चर्य लाग्न सक्छ ।

सामान्य रुपमा चाँया लगभग हामी सबैको छालामा प्राकृतिक रुपमै हुने गर्छ । तर यीमध्ये आधा मानिसमा यो समस्याको रुपमा देखापर्छ ।

World Link Ads
Mahakali Polytechnic

उनीहरु मध्ये पनि एक–तिहाईमा यसले यतिसम्मको समस्या निम्त्याउँछ कि उनीहरुलाई बाहिर आउन–जान नै मुश्किल पर्छ ।

चाँयाको समस्या एउटा अति नै सामान्य समस्या हो, तर कयौँ पटक सामाजिक रुपमै यो लाजको कारण बन्ने गर्छ ।

चाँयासँग जुध्ने तरिकाः

कयौँ मानिसले चाँयाका कारण नै सामाजिक समारोहमा जान र मानिससँग भेटघाट गर्न कठिन भएको स्विकारेका छन् । तर नडराउनुहोस चाँयालाई हटाउने केही लाभदायी तरिका पनि छन् ।

चाँयाका लागि फंगस प्रमुख जिम्मेदार रहेको छ । यसलाई मालासेजिया ल्गोबोसा भनिन्छ । मुख्य रुपमा पंmगसका कारण चाँया पर्ने गर्छ ।

यो फंगसले छाला र कपालको तेल सोस्न थाल्छ । यतिबेला यसले ओलेइक एसिड निर्माण गर्छ जसका कारण हाम्रो छाला चिलाउने पनि गर्छ ।

केही मानिसमा यसले प्रतिरक्षा प्रक्रियालाई नै रोक्ने गर्छ । जसका कारण टाउकाको छालाबाट सुुकेका पाप्राहरु निस्किएर झर्न थाल्छन् ।

वायु प्रदूूषणले यसलाई झनै मलजल गर्ने गर्छ । तर सूूर्यको परावैजनी किरण (यूूभी) ले यसलाई नियन्त्रण गर्नका लागि सहयोग गर्छ ।

यस्तो अवस्थामा चाँयाबाट छुुटकारा पाउन टाउकोमा तेल लगाउनुु बिलकुल राम्रो होइन ।

Sana Kishan

यो फंगस मालासेजिआ ग्लोबोसाले तपाईंको कपालको र छालामा रहेका प्राकृतिक तेललाई सोस्ने काम गर्छ । यस्तोमा यो तेल पखाल्नु, धुनुु वा सफा गर्नुु नै धेरै सहयोगी साबित हुन सक्छ ।

यद्यपि केही केमिकलहरु यस्ता छन्, जसको सहयोगमा यो समस्यालाई समाप्त पार्न सकिन्छ । सबैभन्दा प्रभावकारी एन्टि फंगल केमिकल माइकोनाजोल र केटोकोनाजोल हो । केही स्याम्पूमा पनि केटोकोनाजोलका प्रयोग गर्न सकिन्छ । तर माइकोनाजोल केवल छालामा लगाइने क्रिममा उपलब्ध हुन्छ । यद्यपि जनावरका लागि उपलब्ध केही स्याम्पुमा माइकोनाजोल केमिकल हुन्छ ।

एन्टिफंगल स्याम्पू

तपाईंलाई लाग्न सक्छ कि एन्टिफंगल स्याम्पूूको असर केही समयपछि हँुदैन । यसैले तपाइले समय–समयमा यी विकल्पलाई पुनः प्रयोग गर्न आवश्यक छ । कोलटार स्याम्पूले छालाको मर्मत प्रक्रियालाई छोट्याउन सक्छ । यसका अलावा स्यालिसाइलिक एसिडयुक्त स्याम्पूू फ्लेक्सबाट छुटकारा पाउन सहयोगी हुन्छ ।

यद्यपि जिंक वा सेलेनियमयुक्त स्याम्पूले पनि फंगस रोकथाममा सहयोग गर्न सक्छ । यस्तो अवस्थामा चाँयाबाट मुक्ति पाउनका लागि कयौँ किसिमका उपाय अपनाउन सकिन्छ ।

अनुसन्धानकर्ताले मालासेजिआको जेनेटिक कोडलाई अनुक्रम गरेका छन् र यसको सहयोगबाट यो फंगसबाट मुक्ति पाउन धेरै लाभदायी औषधीको विकास गर्नका लागि काम भइरहेको छ ।

आफैंले कसरी गर्ने चाँयाको उपचार

चाँया छालाको अत्यन्त सामान्य अवस्था हो । सामान्य रुपमा चाँया गहिरो रङको कपालमा स्पष्ट देखिन्छ र जब यो समस्या बढ्छ तब काँधमा पनि देखिन्छ । यस्तो अवस्थामा तपाईँको टाउको रुखो महसुस हुन सक्छ र तपाईँलाई चिलाउने पनि हुनसक्छ ।

सबैभन्दा सहज उपाय भनेको एन्टि– ड्यान्ड्रफ स्याम्पू प्रयोग गर्नु हो । यसमा पनि कयौँ किसिमका ब्रान्ड पाउन सकिन्छ ।

जुन स्याम्पूमा यो केमिकल हुन्छ त्यसलाई चाँया रोकथामका लागि किन्न सकिन्छ । यसमा जिंक पाइरिथियोन, स्यालीसिलिकन एसिड, सेलेनियम सल्फाइड, किटोकोनाजोल र कोल टार छन् ।

यदि चाँयाको समस्या अत्यन्त धेरै छ भने करिब एक महिनासम्म एन्टि ड्यानड्रफ स्याम्पू प्रयोग गर्नुपर्छ । रातोपाटी बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.