
एसीसी यू–१९ एसिया कप क्रिकेटमा नेपाल कुवेतसँग एक विकेटले पराजित भएको छ । नेपालले कुवेतलाई जितका लागि दुई सय ४० रनको लक्ष्य प्रस्तुत गरेको थियो । कुवेतले नौ विकेट गुमाएर सात बल बाँकी छँदै लक्ष्य पूरा ग¥यो ।
कुवेतको जितमा कप्तान मीत भावसर ’हिरो’ बने । भावसर एक्लैले नटआउट एक सय ७५ रन बनाए । ओपनिङ ब्याटरका रूपमा मैदान प्रवेश गरेका उनी अन्तिम समयसम्म क्रिजमा टिकिरहे । भावसरलाई आउट गर्न असफल रहेपछि नेपाल प्रतियोगितामा जितविहीन बन्न पुग्यो । बलिङतर्फ नेपालका गुल्सन झाले तीन तथा विवेक यादव, शेर मल्ल र बसिर अहमदले दुई÷दुई विकेट लिए ।

यसअघि यूएईको दुबईमा रहेको आईसीसी एकेडेमीमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको खेलमा ४२ दशमलव ३ ओभरमा सबै विकेट गुमाएर दुई सय ३९ रन बनायो । नेपालका बसिर अहमदले सर्वाधिक ५६ रनको योगदान दिए । यस्तै विवेक मगरले ५०, मोहमद आदिल आलमले ४९, शेर मल्लले २१, दिपेश कँडेलले १५ र अर्जुन साउदले १० रन बनाए ।

बलिङतर्फ कुवेतका मिर्जा अहमद र अब्दुल सदिकले तीन÷तीन तथा हेनरी थोमस र मोहमद बास्तकीले दुई÷दुई विकेट लिए ।
कुवेतसँगको हारसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । यसअघिका खेलमा नेपाल बङ्गलादेश र श्रीलङ्कासित पराजित भएको थियो । आजको खेलमा विजयी भए पनि कुवेत पनि प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्न असफल भएको छ । उसले यसअघिका दुई खेलमा पराजय बेहोरेको थियो । नेपाल रहेको समूह ‘बी’ बाट बङ्गलादेश र श्रीलङ्का सेमिफाइनलमा प्रवेश गरेका छन् । समूह ‘ए’ बाट पाकिस्तान र भारत सेमिफाइनलमा प्रवेश गरेका छन् भने अफगानिस्तान र यूएई बाहिरिएका छन् । उज्यालो अनलाइन बाट सभार
