सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

डोटी जिल्लामा ज्येष्ठ नागरिकलाई न्यानो कम्बल वितरण गरियो

जिल्लाको दिपायल सिलगढी नगरपालिका ४ का एकल महिला गरिब, विपन्न तथा ज्येष्ठ नागरिकलाई न्यानो कम्बल वितरण गरिएको छ।

नेपाली कांग्रेसका जिल्ला उपसभापति विजय खड्काको पहल, कांग्रेसका प्रदेश महाधिवेशन प्रतिनिधि लक्ष्मण खड्काको सहयोग एवं लायन्स क्लब अफ धनगढीको आयोजनामा यहाँका नागरिकलाई चिसोमा न्यानो कम्बल वितरण गरिएको हो।

Sana Kishan

प्रतिव्यक्ति एउटा कम्बलका दरले ८० जनालाई वितरण गरिएको हो। जाडोको समयमा वितरण गरिएका न्यानो कम्बलले यहाँका एकल महिला गरिब, विपन्न तथा ज्येष्ठ नागरिकलाई राहत पुगेको कांग्रेस वडा सभापति बहादुरसिंह कठायतले जानकारी दिए। गोदावरी न्युज बाट सभार

World Link Ads
Mahakali Polytechnic

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.