सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सेन्ट्रल जोन भलिबलमा महिलातर्फको उपाधि नेपालले जित्यो

289
Sana Kishan

सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल च्यालेन्ज कप अन्र्तगत महिलातर्फको उपाधि नेपालले जितेको छ।

बंगलादेशमा मंगलबार सम्पन्न फाइनल खेलमा नेपालले उज्ज्वेकिस्तानलाई ३–२ सेटमा हराउँदै उपाधि जितेको हो। योसँगै नेपालले लगातार दुई पटक स्वर्ण पदक जितेको छ।

Arus

पहिलो सेटमा नेपाल एक समय ११–७ १६–१२, १८–१५ ले पछि परेको अवस्थामा १९–१८ ले अग्रता बनायो। यस्तै २२–२२ को अवस्थामा रहँदा नेपालले प्रतिस्पर्धात्मक खेल खेल्दै २६–२४ ले नतिजा आफ्नो पक्षमा पारेको थियो। दोस्रो सेटमा सुरुवातबाट नै पछि परेको नेपाल २४–२४ को अवस्थामा थियो।

दोस्रो सेट नेपालले २६–२४ ले गुमायो। तेस्रो सेटमा एक समय १०–११ ले पछि परेको नेपालले अग्रता बनाउँदै खेललाई १८–११ को अवस्थामा ल्यायो। उत्कृष्ट प्रर्दशन गरेको नेपालले तेस्रो सेट २५–१५ ले जित्यो। चौथो सेट २५–२२ ले गुमाउन पुग्यो।

Karnali Traders

बंगलादेशको सहिद सरवर्दी रंगशालामा भएको खेलमा नेपालले पहिलो खेलमा दुई सुरुआति दुई सेट गुमाएर श्रीलंकालाई ३–२ ले हराएको थियो।

नेपालले बंगलादेश, माल्दिभ्स, उज्ज्वेकिस्तान र कीर्गिस्तानलाई समान ३–० सेटमा हराएको थियो। फाइनल खेल निकै प्रतिस्पर्धात्मक भएको थियो।

दुई वर्षअघि घरेलु मैदानमै भएको प्रतियोगितामा नेपाली पुरुष टिम समूह चरणबाटै बाहिरिएको थियो भने त्यही वर्ष बंगलादेशमा आयोजना भएको महिलातर्फको प्रतियोगितामा भने नेपालले स्वर्ण पदक जितेको थियो। थाहा खबर बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.