सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीमा जिल्ला प्रशासन पुग्न नसक्नेको घरमै नागरिकता

बैतडी – जिल्ला प्रशासन कार्यालयले अशक्त, अपांगता भएका व्यक्ति र जेष्ठ नागरिकलाई घरमै नागरिकता दिन थालेको छ । जिल्ला प्रशासन कार्यालय सम्म पुग्न नसक्ने नागरिकलाई घरमै नागरिकता दिनका लागि स्थानीय तहमै गएर कागजपत्र संकलन गर्ने गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए ।

अशक्त, अपांगता भएका नागरिक र जेष्ठ नागरिकको कागजपत्र संकलन गरेर नागरिकता बनाइ उनीहरुकै घरमै पुर्याउने काम भईरहेको उनले बताए ।

अहिले सम्म सिगास गाउँपालिका र शिवनाथ गाउँपालिकामा त्यस्ता व्यक्तिहरुको नागरिकता बनाएर सम्बन्धित ठाउँमा पुर्याईसकिएको भारतीले बताए । पञ्चेश्वर गाउँपालिकाका ३५ जनाको नागरिकता तयार भएको र सम्बन्धित ठाउँमा पठाउने तयारी भईरहेको उनले बताए ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

यस्तै दोगडाकेदार गाउँपालिकाका १५ जना र डिलाशैनी गाउँपालिकाका १८ जनाको कागजपत्र संकलन गरेर जिल्ला प्रशासनमा पुर्याईसकिएको छ । यही पौष ११ र १२ गते दुवै पालिकामा कागजात संकलन गरिएको थियो । अब उनीहरुको नागरिकता बनाएर गाउँपालिका मार्फत घरमै पुर्याउने व्यवस्था मिलाएको सूचना अधिकारी भारतीले बताए ।

Dirghayu Ads

अब यही पौष १६ गते सुर्नया गाउँपालिकामा अशक्त, अपांगता भएका र जेष्ठ नागरिकका कागजात संकलन गर्ने योजना रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । अन्य स्थानीय तहका लक्षित समुदायका नागरिकका कागजात संकलन गरेर नागरिकता प्रदान गरिने भारतीले बताए । सगुन खबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.