सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कैलालीमा हाइस दुर्घटना हुँदा १२ जना घाइते

199
Sana Kishan

कैलाली – कैलालीमा हाइस दुर्घटना हुँदा १२ जना घाइते भएका छन ्। मंगलबार पूर्वपश्चिम राजमार्ग अन्तरगत लम्कीचुहा नगरपालिका– १० चुहा तिघरी जाने बाटोमा शुक्लाफाटा यातायात प्रालिको बा५खा ८९०० नम्बरको हाइस पल्टिएको प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जनाएको छ । नेपालगञ्जदेखि महेन्द्रनगर चल्ने हाइस पल्टिँदा १२ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरुको लम्कीस्थित लालरत्न अस्पतालमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ । घाइतेको पहिचान खुलेको छैन । उनीहरु सबैको अवस्था समान्य रहेको प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जानकारी दिएको छ । गोदावरी न्युज बाट सभार

Karnali Traders

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.