सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बिलियन क्लबमा स्पाइडर म्यान

294
Sana Kishan

कोरोना महामारीपछि विश्वव्यापी रुपमा सर्वाधिक कमाइ गर्ने चलचित्र ‘स्पाइडर म्यान : नो वे होम’ बनेको छ। स्पाइडर म्यानको फ्रेन्चाइज सिरिजमा बनेको यो चलचित्रले सर्वाधिक कमाउने चलचित्रको कीर्तिमान पनि राखेको छ। यो चलचित्र सन् २०२१ मा सर्वाधिक कमाइ गर्ने चलचित्र पनि बनेको छ।

यो चलचित्रले विश्व बजारमा एक बिलियन डलर कमाइ गरेको बीबीसीले जनाएको छ। यस चलचित्रले उत्तर अमेरिकाबाट चार सय ६७ मिलियन डलर कमाइ गरेको छ। यस्तै अन्तर्राष्ट्रिय बजारबाट भने चलचित्रले पाँच सय ८३ डलर कमाइ गरेको छ। चलचित्रले हालसम्म बक्स अफिसमा १.०५ बिलियन डलर आम्दानी गरिसकेको छ।

Arus
Karnali Traders

यो चलचित्रले क्रिसमस इभको दिनमा मात्र १९.७ मिलियन डलर कमाइ गरेको थियो। यसले सोनी पिक्चर्सले निर्माण गरेका चलचित्रमध्ये अमेरिकामा सर्वाधिक कमाइ गर्ने चलचित्रको रेकर्ड समेत राखेको छ।

‘स्पाइडर म्यान : नो वे होम’ले कोरियाली युद्ध महाकाब्यमा आधारित चिनियाँ चलचित्र ‘द ब्याटल अफ लेक चाङजिन’को कीर्तिमानलाई पनि तोडेको छ। यो चलचित्रले ९०५ मिलियन डलर कमाएको थियो। मिडिया डाटा एनालिटिक्स फर्म कमस्कोरका अनुसार एक बिलियनभन्दा बढी आम्दानी गर्ने पछिल्लो चलचित्र सन् २०१९ को ‘स्टार्स वार : द राइज अफ स्काइवाल्कर’ हो। अन्नपूर्ण पोस्ट बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.