सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

तालिवानद्वारा महिलाहरुलाई एक्लै यात्रा गर्न प्रतिबन्ध

180
Sana Kishan

अफगानिस्तानको तालिवान सरकारले महिलालाई एक्लै लामो दुरीको यात्रामा निस्कन निषेध गरेको छ। पुरुष सहकर्मीविना सडकमार्फत लामो दुरीको यात्रामा निस्कने महिलाको भ्रमणमाथि तालिवानले निषेध गरेको हो।

महिलाले एक्लै घुम्न निस्कँदा असुरक्षित हुने भन्दै सरकारले लामो दुरीको यात्रामा प्रतिबन्ध लगाएको त्यहाँका अधिकारीहरुले बताएका छन्। यात्रामा निस्कँदा महिलाले आफ्ना आफन्त या पुरुष साथीसँग जानुपर्ने समेत तालिवान सरकारका अधिकारीले बताएका छन्।

Arus
Karnali Traders

तालिवानले अफगानिस्तानको सत्ता कब्जामा लिए यता महिलाको स्वतन्त्रता र अधिकारमाथि अंकुश लाग्दै आएको भन्दै त्यहाँका मानव अधिकारकर्मीले आपत्ति जनाउँदै आएका छन्।

मानव अधिकार निकायअन्तरगत महिला अधिकारकर्मी हिदर बारले तालिवानले महिलाको लागि अवसरका सबै ढोका बन्द गर्दै आएको बताएकी छन्। ‘तालिवानले महिलाको लागि सबै अवसरका ढोका बन्द गरिसकेको छ। हेर्दा हेर्दै महिलाले अब स्वतन्त्र रुपमा हिंडडुल गर्नसमेत नपाउने भए’, उनले भनेकी छन्। अन्नपूर्ण पोस्ट बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.