सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

जाडोको समयमा आगो ताप्दा, हिटर बाल्दा, गिजर प्रयोग गर्दा यसो गरौँ

686
Sana Kishan

जाडोको समयमा आगो ताप्दा, हिटर बाल्दा वा गिजरको प्रयोग गर्दा विभिन्न सावधानी अपनाउन सरकारले आग्रह गरेको छ ।

जाडोयाममा शरीर र कोठालाई न्यानो बनाइराख्न आगो ताप्ने, हिटर बाल्ने, गिजरको प्रयोग गर्ने लगायतका उपाय अपनाउँदा पर्याप्त सावधानी अपनाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आग्रह गरेको हो । हावा ओहोरदोहोर हुने ठाउँ वा कोठामा मात्र आगो ताप्न, हिटर बाल्न वा गिजर प्रयोग गर्न मन्त्तालयले आग्रह गरेको छ ।

Arus

यस्तै कोइलाजन्य स्रोतबाट सकेसम्म आगो नताप्न पनि मन्त्रालयले आग्रह गरेको छ । आगो ताप्दा वा हिटर बाल्दा कागज, कपडा जस्ता छिटो जल्ने खालका सामग्री नजिकै नराख्न र आगो तापिसकेपछि त्यसलाई पूर्ण रूपमा निभाउन मन्त्रालयले आग्रह गरेको छ ।

Karnali Traders

यस्तै हिटरको प्रयोग गर्दा समय समयमा चलिरहेको हिटरलाई बन्द गर्ने र सुत्नुअगाडि अनिवार्य रूपमा हिटर बन्द गर्न, गिजरको मुख्य मेशिनलाई बाथरुम बाहिर खुला ठाउँमा जडान गर्न र गिजर खोलेर लामो समयसम्म बाथरुममा नबस्न पनि मन्त्रालयले आग्रह गरेको छ ।

सावधानी नअपनाउँदा विभिन्न खालका अप्रिय घटना हुने गरेका भन्दै मन्त्रालयले जाडोको समयमा न्यानो हुनका लागि प्रयोग गरिने सामग्रीको प्रयोग सावधानीपूर्वक गर्न आग्रह गरेको हो । उज्यालो अनलाइन बाट सभार

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.