सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

मौसम आउँदो बिहीवारदेखि क्रमिक रूपमा सुधार हुने

पछिल्ला केही दिनयता पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले प्रभावित मौसम आउँदो बिहीवारदेखि क्रमिक रूपमा सुधार हुने भएको छ ।

यो प्रणाली बिहीवारदेखि कमजोर बन्दै जाने सम्भावना रहेको मौसमविद् सविना शाक्यले जानकारी दिनुभयो । अहिले देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । राति पहाडी तथा हिमाली भूभागमा सामान्यदेखि पूर्णतया बदली रहनेछ । तराईमा आंशिकदेखि सामान्य बदली रही केही ठाउँमा हल्का वर्षा हुनेछ । उच्च पहाडी तथा हिमाली भूभागका केही ठाउँमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको मौसमविद् शाक्यले बताउनुभयो ।

Sana Kishan

भोलि मङ्गलवार देशभर सामान्यदेखि पूर्णतया बदली रही धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका धेरै ठाउँमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।

World Link Ads
Mahakali Polytechnic

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम पाँच दशमलव चार डिग्री र अधिकतम तापक्रम १७ दशमलव चार डिग्री सेल्सियस छ । आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस एक दशमलव चार डिग्री र सबैभन्दा बढी भैरहवाको २८ दशमलव तीन डिग्री सेल्सियस तापक्रम रहेको महाशाखाले जनाएको छ । उज्यालो अनलाइन बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.