सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

एमसिसीबारे प्रधानमन्त्रीको अभिव्यक्ति बाह्य शक्तिको नांगो भक्ति : भीम रावल

नेकपा (एमाले)का नेता भीम रावलले एमसिसीबारे प्रधानमन्त्री शेरबहादुर देउवाको पछिल्लो अभिव्यक्तिको आलोचना गरेका छन्।

नेकपा (माओवादी केन्द्र)को महाधिवेशन उद्घाटनका क्रममा आइतबार बोल्दै प्रधानमन्त्री देउवाले आफूले एमसिसीमा राष्ट्रघात नदेखेको भन्दै सित्तैमा आएको पैसा छाड्न नहुने बताएका थिए।

Sana Kishan

रावलले यस विषयमा प्रधानमन्त्री देउवाले सामन्ती दम्भ देखाएको आरोप लगाएका छन्। उनले सम्झौतामा कतै पनि राष्ट्रघात नदेख्नु र सित्तैमा आएको पैसा किन नलिने भन्नुलाई बाह्य शक्तिको नांगो भक्ति भनेका छन्।

World Link Ads
Mahakali Polytechnic

’प्रधानमन्त्री देउवाले एमसिसीसँगको सम्झौता अरुले नपढेको भन्दै सबैलाई मूर्ख ठान्ने सामन्ती दम्भ देखाउनुभएको छ। रावलले ट्वीटरमा लेखेका छन्, ’सम्झौतामा कहीँ राष्ट्रघात नदेखेको र सित्तैमा आएको पैसा किन नलिने भन्नु नेपालको हित, स्वाधीनता र अधिकारमा आँच पुग्ने प्रावधानप्रति आँखा चिम्लेर बाह्य शक्तिको नांगो भक्ति हो।’ थाहा खबर बाट सभार

Dirghayu Ads

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.