सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

नेप्से झन्डै ७० अङ्कले घट्यो

शेयर बजार परिसूचक नेप्से आज सोमवार झन्डै ७० अङ्कले घटेको छ । नेप्से आज ६९ दशमलव ७७ अङ्कले घटेर दुई हजार पाँच सय २१ दशमलव ६५ विन्दुमा झरेको हो ।

आज सबै समूहको शेयर घटेर राताम्मे भएको छ । बीमा, उत्पादन, विकास बैंक र जलविद्युत् कम्पनीको शेयर उच्च अङ्कले घटेको छ ।

Sana Kishan

आज दुई सय ३८ कम्पनीका एक करोड दुई लाख कित्ता शेयर पाँच अर्ब ६० करोड ७४ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नबिल बैंकको ३० करोड रुपैयाँभन्दा धेरैको शेयर किनबेच भएको छ ।

World Link Ads
Mahakali Polytechnic

आज जोशी हाइड्रोपावरको शेयर साढे आठ प्रतिशत तथा घलेम्दी हाइड्रो, सानिमा जनरल इन्स्योरेन्स र जानकी फाइनान्सको शेयर सात प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार राताम्मे हुँदा पनि मध्य भोटेकोसी जलविद्युत् र गोर्खाज फाइनान्सको शेयर १० प्रतिशतले बढेको छ । उज्यालो अनलाइन बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.