सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

एमसीसी नेपालको हितमा छ, राष्ट्रघाती सम्झौता किन गरुँला : शेरबहादुर देउवा

75
Sana Kishan

प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले एमसीसी नेपालको हितमा रहेको दाबी गरेका छन्। आइतबार कमलादीमा माओवादी केन्द्रको आठौं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले एमसीसी सहमतिबाटै पारित हुने दाबी गरेका हुन् ।

Karnali Traders

उनले भने, ‘एमसीसी राष्ट्रघाती हो कि होइन भनेर पहिले पढ्नुप¥यो । यस सम्बन्धमा तपाईंहरुले पनि पढ्नुस् । म पनि नेपालको प्रधानमन्त्री हो । म नेपालको खिलापमा जाउँला । मैले राष्ट्रघाती सम्झौता किन गरुँला । यस विषयमा हाम्रो पनि छलफल भइरहेको छ । म पनि पञ्चायतकालमा लडेको मान्छे हुँ ।’ देउवाले भने,‘सित्तै आएको पैसा हो । एमसीसी नेपालको हितमा छ । नेपालको कानुन मान्छु भनेको छ, राम्रोसँग बुझ्नुप¥यो क्या ?’

Arus

अगाडिका वक्ता नेकपा (क्रान्तिकारी) माओवादीका नेता सीपी गजुरेल र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले एमसीसी सम्झौता खारेज गर्नुपर्ने धारणा राखेका थिए। अन्नपूर्ण पोस्ट बाट सभार

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Leave A Reply

Your email address will not be published.